Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहा डिएफओको सरुवामा जेसीवी कनेक्सन

डिएफओ झालाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सागरनाथमा काजमा खटाइयौ





जनकपुरधाम । 
सिरहाको डिएफओको सरुवामा जेसीवी कनेक्सन देखिएको छ । गत फागुन २३ गते चौहर्वा आर्मी व्यारेकको उत्तर वन क्षेत्रबाट एउटा जेसीवी र एउटा टिपर डिभिजन वन कार्यालय सिरहाले पक्राउ गरेको थियो ।
सो जेसीवी बन्दीपुरका दशै साहको रहेको थियो । सो जेसीवी छोडाउनमा डिएफओ सुजीत झाले सहयोग नगरेपछि वन मन्त्री त्रिभुवन साह रिसाएका थिए ।
वन मन्त्रालय स्रोतका अनुसार झासँग दशैको पक्षवाट मन्त्री साहका पिए नन्ददेव यादव भेटन गएका थिए । नन्ददेवको कुरो नसुनेपछि मन्त्री साहले पनि टेलिफोनवाट डिएफओ झालाई आग्रह गरेका थिए । यसका बाबजूद जेसीबी छोडाउन डिएफओ झाले पहल नगरेपछि मन्त्री साहले सरुवा प्रकरणमा पुरै विरोधमा देखिएका थिए यसकै प्रतिफल उहाँलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सागरनाथ सर्लाहीमा काजमा खटाइएको छ ।
सुरुमा झालाई मुख्यमन्त्री कार्यालयले रौतहटमा सरुवा गरेका थिए । तर मन्त्री साह नमानेपछि झालाई काजमा सागरनाथ वनमा र हेमन्त साहलाई रौतहट डिएफओमा पठाइएको छ । सिरहाको डिएफओमा शैलेन्द्रकुमार मिश्रा रहेका छन् । हेमन्तलाई डिएफओ बनाउने पक्षमा मुख्यमन्त्री सतिशकुमार सिंह नरहेपनि मन्त्री साहको दबाबमा उनलाई बनाइएको वन मन्त्रालय स्रोतले जनाएको छ ।
आठ जिल्लाकै डिएफओ सरुवामा मुख्यमन्त्रीको खासै नचलेको स्रोतले जनाएको छ । हुनत पैसाको चलखेल व्यापक भएको स्रोतको दाबी छ ।