Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मलयालम फिल्म उद्योगमा यौन उत्पीडन हुने गरेको प्रतिवेदन सार्वजनिक

अभिनेता मोहनलालले दिए अध्यक्ष पदबाट राजीनामा





एजेन्सी ।
मलयालम फिल्म उद्योगमा हुने यौन उत्पीडनका विषयमा जस्टिस हेमा कमिटीको रिपोर्ट सार्वजनिक भएपछि चर्चित अभिनेता मोहनलालले मलयालम चलचित्र कलाकार संघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
त्यसपछि संस्थाका सबै पदाधिकारीले राजीनामा दिए । जसका कारण संघ स्वतः विघटन भएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा केही कलाकारले लगाएको आरोपको नैतिक जिम्मेवारी लिँदै संस्था विघटन गरिएको उल्लेख छ ।
मलयालम फिल्म उद्योगमा जस्टिस हेमा कमिटीको प्रतिवेदनपछि उद्योगका मानिसहरूले ठूलो मात्रामा यौन उत्पीडनको आरोप सामना गरिरहेका छन् । यो प्रतिवेदनले स्थानीय चलचित्र क्षेत्रलाई हल्लाएको छ ।
यसको कारण हो– अभिनेत्रीहरूका यौन दुर्व्यवहारका घटना सार्वजनिक हुनु, गुनासोको थुप्रो र जस्टिस हेमा कमिटीको प्रतिवेदन । यीमध्ये केही अभिनेत्री आफ्नो करिअर त्याग्नसमेत बाध्य भए ।
चर्चित कलाकार र निर्देशकले आफूलाई यौन शोषण गरेको महिला कलाकारले बताएका छन्, जुन कुरा जस्टिस हेमा कमिटीको प्रतिवेदनबाट पनि पुष्टि हुन्छ । यो प्रतिवेदन सार्वजनिक गर्दा पीडक र पीडितको नाम भने हटाइएको छ ।