Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

मधेशमा साना हतियारको बिगबिगी





जनकपुरधाम ।
मधेशमा पछिल्लो समय हतियारको बिगबिगी बढेको छ । प्रदेशका अधिकांश जिल्लाहरुबाट छ्यापछ्याप्ती साना तथा ठूला हतियारहरु बरामद हुन थालेका छन् ।
विभिन्न जिल्लाबाट हतियार बरामद हुन थालेपछि सुरुक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उब्जाइदिएको छ । तरपनि प्रहरी भने मौन झै बसेको छ ।
गत असार २० गते धनुषाबाट ‘मेड इन यूएसए’ लेखेको एक थान पेस्तोल बरामद भयो । धनुषाको मुखियापट्टी– मुसहरनिया गाउँपालिका ६ लक्ष्मीपुरबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउण्ड गोली बरामद ग¥यो ।
पेस्तोलसहित प्रहरीले भारत विहार बैरगिनिया बस्ने महम्मद अनवर खानलाई समेत नियन्त्रणमा लियो । पेस्तोलसहित पक्राउ परेका खानमाथि प्रहरीले हातहतियारको मुद्दामा अनुसन्धान चलाइरहेको छ ।
धनुषाबाट बरामद भएको हतियारको घटनाको ठीक दश दिन अगाडि सर्लाहीबाट पनि प्रहरीले एक थान हतियारसहित एक जनालाई नियन्त्रणमा लियो ।
सर्लाहीको लालबन्दी नगरपालिका १५ निवासी रामलाल मोक्तानलाई प्रहरीले ‘यूएस मेड’ लेखिएको हतियारसहित पक्राउ ग¥यो । उनीमाथि पनि प्रहरीले हतियार सम्बन्धीको मुद्दामा अनुसन्धान बढाएको जनाएको हो ।
सर्लाहीबाट हतियार बरामद भएकै दिन रौतहटबाट पनि एक थान कटुवा पेस्तोल बरामद भयो । गौर नगरपालिका महादेवपट्टीबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद ग¥यो । प्रहरीले कटुवा पेस्तोलसहित सितामढी बैरगिनिया निवासी राहुल रामलाई पक्राउ गरेको जानकारी दिएको छ ।
यो घटनामा पनि बरामद कटुवा पेस्तोलसहित प्रहरीले रामलाई आफ्नो हिरासतमा राखेर अनुसन्धान चलाइरहेको छ । धनुषा, सर्लाही र रौतहटबाट मात्रै हतियार बरामद भइरहेका छैनन्, यी त केही उदाहरण मात्रै हुन । प्रदेशको ८ वटै जिल्लाबाट हतियार बरामद भइरहेको सूचि लामै छ ।
प्रदेश प्रहरीको तथ्यांक अनुसार मधेश प्रदेशमा गत आर्थिक वर्षमा साना र ठूला हतियार ३४ थान पक्राउ परेका छन् । गएको आर्थिक वर्ष ०८०÷०८१ को श्रावनदेखि जेठसम्ममा साना २६ र ठूला ८ वटा हतियार बरामद भएको प्रहरी विवरण छ ।
प्रदेश प्रहरीको तथ्यांकमा अहिले मधेशका अधिकांश जिल्लाबाट हतियार बरामद भइरहेको देखिन्छ ।
सिरहाबाहेक ७ वटै जिल्लाबाट साना र ठूला हतियार फेला परेको प्रहरीको तथ्यांक छ । आर्थिक वर्ष २०८०÷०८१ जेठसम्ममा मात्र सप्तरीबाट ४, धनुषाबाट २, महोत्तरीबाट २, सर्लाहीबाट ३, रौतहटबाट ५, बाराबाट ३ र पर्साबाट ३ वटा सानो हतियार बरामद भएको प्रहरीको अभिलेख छ ।
यसैगरी ठूला हतियारमा पनि सप्तरीबाट २, धनुषाबाट १, महोत्तरीबाट १, रौतहटबाट ३ र बाराबाट १ थान बरामद भएको प्रहरी विवरण छ । यही अवधिमा बरामद भएको हतियारमा प्रयोग हुने गोलीसमेत प्रहरीले फेला पारेको छ । प्रहरीले बरामद हतियारमा प्रयोग हुने गोली १४८ थान बरामद गरेको प्रदेश प्रहरीको तथ्यांकले देखाउँछ ।
यही अवधिमा प्रहरीले हतियारसहित ५४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रदेश प्रहरीले पनि मधेशमा हतियार आउने क्रम बढेको स्वीकारेको छ ।