Breaking 
बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप | कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन | रेलमा ठोक्किएर एक जनाको मृत्यु | १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान | सर्वोच्चमा ३ न्यायाधीश नियुक्त | धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, अधिकृत रामलोचन मंडलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा | निधि भर्सेज महासेठ दम्पत्ति | विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध | पूर्वराजा ज्ञानेन्द्रले भने– अहिले नेपाल र नेपालीकालागि प्रार्थना गर्ने समय हो | अमेरिकाक सभसँ बडका हतियार ‘डलर’केँ वैश्विक मुद्रा बनएकेँ इतिहास |

ट्रम्पविरुद्ध अभियोग पुनः सुरु गर्न अपिल





एजेन्सी ।
अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः अभियोगको लागि अपिल दायर गरेका छन् ।
यस पुनरावेदनमा उनीविरुद्धका यसअघिका आपराधिक मुद्दाहरू यथावत् राखिए पनि पूर्व राष्ट्रपति कार्यालयका केही कामका लागि उन्मुक्ति (छूट)सम्बन्धी सर्वोच्च अदालतको टिप्पणीपछि ट्रम्पविरुद्धको आरोपमा कमी गरिएको हो । नयाँ अपिलले ट्रम्प विरुद्धको चार आपराधिक मुद्दालाई यथावत् राखेको छ तर उनको कथित दुर्व्यवहारको बारेमा केही विवरणहरू प्रदान गरेको छ । ट्रम्पले २०२० को चुनावमा कुनै पनि हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आफूमाथि लागेको आरोप खण्डन गरेका छन् ।
एक सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले ‘नयाँ अपिल अन्त्य भएको दमनको पुनरुत्थान गर्न’ र ’निर्वाचनबाट अमेरिकी जनताको ध्यान भङ्ग गर्न’ भएको लेखेका छन् । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
उनका प्रतिद्वन्द्वी राष्ट्रपति जो बाइडेन दौडबाट पछि हटेका छन् भने उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट उम्मेदवार घोषणा गरिएको छ ।