Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

साफ यू–२० च्याम्पियनसिपको उपाधीकालागि भिड्दै नेपाल र बंगलादेश





काठमाडौँ ।
घरेलु मैदानमा जारी साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाल बंगलादेशसँग भिड्दै छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिपको फाइनल खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने बताए पनि मैदान खराब भएकाले एन्फा कम्प्लेक्स मैदानमै हुने भएको हो । सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । समूह चरणमा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा भिडेको थियो ।
समूह उपविजेता बंगलादेशले साविक विजेता भारतलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो ।
सन् २०१७ मा भएको साफ यू–१८ को उपाधि जितेयता नेपाल च्याम्पियन बन्न सकेको छैन । अतः यसपटक घरेलु मैदानमा बंगलादेशलाई हराएर नेपाल उपाधिको नयाँ इतिहास रच्न चाहन्छ ।
तर बलियो टोली भारतलाई हराएको बंगलादेश नेपालका लागि सहज छैन ।
सिनियर होस् वा उमेर समूह, नेपालका लागि पछिल्लो समय दक्षिण एसियामा एक समय कमजोर मानिने टोली पनि चुनौती बनिरहेका छन् ।
त्यसैले आजको फाइनल प्रतिस्पर्धामा नेपाली युवा टोली फिनिसिङ लाइनमा देखिएको कमजोरी सुधार्दै जित्ने रणनीतिका साथ मैदानमा उत्रन जरुरी छ ।