Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

साफ यू–२० च्याम्पियनसिपको उपाधीकालागि भिड्दै नेपाल र बंगलादेश





काठमाडौँ ।
घरेलु मैदानमा जारी साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाल बंगलादेशसँग भिड्दै छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिपको फाइनल खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने बताए पनि मैदान खराब भएकाले एन्फा कम्प्लेक्स मैदानमै हुने भएको हो । सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । समूह चरणमा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा भिडेको थियो ।
समूह उपविजेता बंगलादेशले साविक विजेता भारतलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो ।
सन् २०१७ मा भएको साफ यू–१८ को उपाधि जितेयता नेपाल च्याम्पियन बन्न सकेको छैन । अतः यसपटक घरेलु मैदानमा बंगलादेशलाई हराएर नेपाल उपाधिको नयाँ इतिहास रच्न चाहन्छ ।
तर बलियो टोली भारतलाई हराएको बंगलादेश नेपालका लागि सहज छैन ।
सिनियर होस् वा उमेर समूह, नेपालका लागि पछिल्लो समय दक्षिण एसियामा एक समय कमजोर मानिने टोली पनि चुनौती बनिरहेका छन् ।
त्यसैले आजको फाइनल प्रतिस्पर्धामा नेपाली युवा टोली फिनिसिङ लाइनमा देखिएको कमजोरी सुधार्दै जित्ने रणनीतिका साथ मैदानमा उत्रन जरुरी छ ।