Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बाइडेनपछि मोदीले गरे पुटिनसँग पनि फोनमा कुराकानी





एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । मोदीले फोनमा पुटिनसँग कुरा गरेका हुन् । दुवै नेताबिच रुस र युक्रेनबिच जारी युद्धबारे कुरा भएको बताइएको छ ।
यसबारे मोदीले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘आज राष्ट्रपति पुटिनसँग कुराकानी भयो । हामीले रुससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई बलियो बनाउने उपायबारे चर्चा ग¥यौ ।’
यस क्रममा दुबैले रुस–युक्रेन संघर्षमा आ–आफ्नो धारणा राखेको र युक्रेन भ्रमणबारे आफ्नो अन्तरदृष्टिबारे चर्चा गरेको पनि उनले बताए । पुटिनसँग आफूले ेभारत यो संघर्षलाई अन्त्य गर्न छिटो, स्थायी र शान्तिपूर्ण समाधानका लागि पूरै प्रतिबद्ध रहेको पनि पोस्टमा उनले लेखेका छन् । मोदीले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेका थिए ।