Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

बाइडेनपछि मोदीले गरे पुटिनसँग पनि फोनमा कुराकानी





एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । मोदीले फोनमा पुटिनसँग कुरा गरेका हुन् । दुवै नेताबिच रुस र युक्रेनबिच जारी युद्धबारे कुरा भएको बताइएको छ ।
यसबारे मोदीले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘आज राष्ट्रपति पुटिनसँग कुराकानी भयो । हामीले रुससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई बलियो बनाउने उपायबारे चर्चा ग¥यौ ।’
यस क्रममा दुबैले रुस–युक्रेन संघर्षमा आ–आफ्नो धारणा राखेको र युक्रेन भ्रमणबारे आफ्नो अन्तरदृष्टिबारे चर्चा गरेको पनि उनले बताए । पुटिनसँग आफूले ेभारत यो संघर्षलाई अन्त्य गर्न छिटो, स्थायी र शान्तिपूर्ण समाधानका लागि पूरै प्रतिबद्ध रहेको पनि पोस्टमा उनले लेखेका छन् । मोदीले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेका थिए ।