जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी विस्तार तथा कार्यकारिणी समिति मनोनयनमा आफनै चहेता नेतालाई स्थान दिएका छैनन् । लोसपाबाट आफनो पार्टीमा ल्याई मुख्यमन्त्री बनाएका सरोजकुमार यादवलाई कुनै स्थान नदिइएपछि धेरैलाई आश्चर्य लागेको छ ।
उनलाई अध्यक्ष यादवले पदाधिकारी वा कार्यकारिणी समिति मनोनयनमा किन उपेक्षा गरेका हुन् ? मुख्यमन्त्री यादवले भने ‘अध्यक्षज्यूलाई जे उचित लाग्यो त्यही गर्नुभयो, मैले उहाँको निर्णयलाई मानेको छु ।’ अगाडी भने ‘पदाधिकारी मनोनयन वा कार्यकारिणी समिति चयनको विषयमा मलाई होइन अध्यक्षज्यूलाई सोध्नुस ।’
सप्तरी–२ मा प्रतिनिधिसभा सदस्यमा चुनाव हारेपछि अध्ययक्ष यादवलाई बारा–२को उपचुनाव जिताउन पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उपेन्द्र बारामा चुनाव लड्दा सरोज यादवकै कलैयास्थित घरमै बसेर चुनाव प्रचार प्रसार समेत गरेका थिए । बारामा उपेन्द्रको पक्षमा माहौल बनाउनका लागि पूर्व मुख्यमन्त्री आफै अहोरात्र खटेका थिए । पूर्वमुख्यमन्त्री यादव जसपा नेपालको महाधिवेशनको क्रममा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर पदाधिकारी चयन तथा कार्यकारिणी समिति विस्तारको जिम्मा अध्यक्ष उपेन्द्रलाई नै जिम्मा दिइएको थियो । अध्यक्ष यादवले पूर्वमुख्यमन्त्री यादवलाई पदाधिकारी मात्रै नभई कार्यकारिणी समितिमा समेत स्थान दिएनन् ।