Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्व मुख्यमन्त्री सरोज यादवलाई जसपा नेपालले पदाधिकारी चयनमा किन गर्यो उपेक्षा ?

‘अध्यक्षज्यूलाई नै सोध्नुस !’





जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी विस्तार तथा कार्यकारिणी समिति मनोनयनमा आफनै चहेता नेतालाई स्थान दिएका छैनन् । लोसपाबाट आफनो पार्टीमा ल्याई मुख्यमन्त्री बनाएका सरोजकुमार यादवलाई कुनै स्थान नदिइएपछि धेरैलाई आश्चर्य लागेको छ ।
उनलाई अध्यक्ष यादवले पदाधिकारी वा कार्यकारिणी समिति मनोनयनमा किन उपेक्षा गरेका हुन् ? मुख्यमन्त्री यादवले भने ‘अध्यक्षज्यूलाई जे उचित लाग्यो त्यही गर्नुभयो, मैले उहाँको निर्णयलाई मानेको छु ।’ अगाडी भने ‘पदाधिकारी मनोनयन वा कार्यकारिणी समिति चयनको विषयमा मलाई होइन अध्यक्षज्यूलाई सोध्नुस ।’
सप्तरी–२ मा प्रतिनिधिसभा सदस्यमा चुनाव हारेपछि अध्ययक्ष यादवलाई बारा–२को उपचुनाव जिताउन पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उपेन्द्र बारामा चुनाव लड्दा सरोज यादवकै कलैयास्थित घरमै बसेर चुनाव प्रचार प्रसार समेत गरेका थिए । बारामा उपेन्द्रको पक्षमा माहौल बनाउनका लागि पूर्व मुख्यमन्त्री आफै अहोरात्र खटेका थिए । पूर्वमुख्यमन्त्री यादव जसपा नेपालको महाधिवेशनको क्रममा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर पदाधिकारी चयन तथा कार्यकारिणी समिति विस्तारको जिम्मा अध्यक्ष उपेन्द्रलाई नै जिम्मा दिइएको थियो । अध्यक्ष यादवले पूर्वमुख्यमन्त्री यादवलाई पदाधिकारी मात्रै नभई कार्यकारिणी समितिमा समेत स्थान दिएनन् ।