Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

निजामति कर्मचारीको तलब बृद्धि गर्ने फैसलाबिरुद्ध सरकारको सर्वोच्चमा पुनरावलोकन निवेदन





काठमाडौँ ।
निजामती कर्मचारीको तलब वृद्धि गर्ने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारले उक्त पुनरावलोकन निवेदन मंगलबार सर्वोच्चमा दर्ता गराएको हो ।
सर्वोच्चले २०८१ असार १० गते निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको तलब बढाउने गरी समायोजन गर्नु भनी फैसला सुनाएको थियो । न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले कर्मचारीको तलबमान बढाउन परमादेश दिएपनि सरकार पुनरावलोकनमा गएको हो ।
आदेश पुनरावलोकन गर्न माग गरिएको निवेदनमा तलब स्केल निर्धारण गर्दा सरकारी निकायका सम्पूर्ण सेवामा कार्यरत कर्मचारीहरुको तलब समायोजन गर्नुपर्ने हुने र यसो गर्दाकरिव तीन लाख सरकारी कर्मचारी तथा शिक्षकहरुका लागि, ९२ अर्ब ८४ करोड रुपैयाँ थप आवश्यक पर्ने व्यहोरा अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनबाट पुष्टि हुन आएको उल्लेख छ ।
‘हरेक वर्षको ज्येष्ठ १५ गते बजेट ल्याई सक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम यस आव २०८१÷०८२ को वार्षिक बजेट संसदबाट पारित भइसकेको सन्दर्भमा यसै आवको शुरुदेखि नै तलब समायोजन गर्नू भन्ने आदेश परिपालना गर्न संवैधानिक रुपमा सम्भव नरहेको व्यहोरा समेत सम्मानित अदालत समक्ष सादर निवेदन गर्दछु’, निवेदनमा भनिएको छ, ‘साथै, बजेटले व्यवस्था नगरेको उल्लेख्य व्ययभार एक्कासी थप हुँदा राज्य नै वित्तिय रुपमा संकटमा पर्ने अवस्था सृजना हुने तर्फ समेत सम्मानित अदालतले विचार गरिदिनु पर्ने व्यहोरा समेत निवेदन गर्दछु ।’
यसका अतिरिक्त यति ठूलो मात्राको व्ययभार साधारण खर्चमा अभिवृद्धि गर्दा विकास बजेट परिचालनमा ज्यादै ठूलो संकुचन आउने र अन्ततः मुलुकको राजश्व असूली तथा अर्थतन्त्रका समग्र पक्षमा नै गम्भीर नकारात्मक प्रभाव पर्ने जिकिर निवेदनमा गरिएको छ ।