Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

एकिकृत समाजवादीको पदाधिकारीकालागि उम्मेदवारी दर्ता, आजै मतदान हुने





काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले पादधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि आज मतदान हुँदैछ ।
डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भने निर्वाचन गर्न लागेको हो । विभिन्न पदहरुको मनोनयन सकिएको छ । एक वरिष्ठ उपाध्यक्षका लागि राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी परेको छ ।
यस्तै १ महिला उपाध्यक्ष पदका लागि जयन्ती देवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । त्यसैगरी मधेशी समुदायको उपाध्यक्षका लागि धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ । ४ खुल्ला उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । ४ उपमहासचिव पदका लागि लक्ष्मण केसी लगायत २० जनाको उम्मेदवारी परेको छ ।