Breaking 
मोडेल खबरमा रमण पाण्डेय, उहाँले भन्नुभयो – गंगासागरको पूर्वतर्फ घाटमा स्व. रामनारायण मिश्रको स्मृति भवन निर्माण हुन्छ हुन्छ हुन्छ | राराबमा लगाइएको ताला खोलियो, आंशिक शिक्षकहरुको तलब भुक्तानी सम्बन्धि प्रकृया क्याम्पस प्रशासनले अगाडी बढाए | वैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शन गर्ने राप्रपाको निर्णय | सातवटै प्रदेशका उपसभामुखहरुको ३ दिवसीय सम्मेलन धनुषाको लालगढमा शुरु | शिक्षकहरुको आन्दोलन नरोकिए कक्षा १२को परीक्षा रोकिने सम्भावना | रास्वपाको सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले किन दिइन् राजिनामा | भूगर्भविदहरुको चेतावनी– भारत विनाशकारी भूकम्पको संघारमा छ | सुनको मूल्य एकै दिन ३६ सयले बढ्यो, १ लाख ९० हजारमाथि पुग्यो मूल्य | कुवेतसंगको पराजयपछि नेपाल आइसीसी बरियतामा १ स्थान खस्कियो | कि ई सरकार संकटमे अछि ? |

जापानमा शक्तिशाली चक्रवात आउने चेतावनी





एजेन्सी ।
जापानमा यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।
आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २१५ किलोमिटर प्रतिघण्टाको हुनेछ । जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवाहरू अवरुद्ध गरेको छ भारी बर्षाले प्रशान्त तटमा क्षति पु¥याएको छ ।
यस क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो ।