Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

मधेसमा डुबेर मृत्यु हुने बालबालिकाको संख्या बढ्दो

गत ३ वर्षमा ५सय बढीको मृत्यु





जनकपुरधाम ।
गत शनिबार सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा रहेको राम जानकी मठको पोखरीमा डुबेर एक बालकको मृत्यु भयो । ब्रम्हपुरी गाउँपालिका वडा नम्बर २ का ६ वर्षका अंकित साहको पोखरीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घरनजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका हुन् । पोखरीमा डुबेका बालकलाई स्थानीयले तत्कालै निकालिए पनि बचाउन नसकिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।
त्यस्तै गत वर्ष असार २० मा धनुषाको धनौजीमा पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु भयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनौजी गाउँपालिका ५ बहुअर्वामा नुहाउने क्रममा पोखरीमा डुबेर ११ र १२ वर्षका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुनको मृत्यु भएको हो । पोखरीमा डुबेका बालबालिकालाई स्थानीयले उद्धार गरेर अस्पताल लैजाने क्रममा एकजनाको बाटैमा र दुईजनाको अस्पताल पुगेपछि मृत्यु भएको थियो ।
यी दुई घटना पछिल्ला उदाहरण मात्रै हुन् । प्रहरीको तथ्यांक हेर्ने हो भने मधेस प्रदेशमा प्रत्येक वर्ष डुबेर मृत्यु हुनेको संख्या भयावह छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा सयौँको संख्यामा डुबेर मानिसहरूको मृत्यु हुने गरेको छ ।
प्रदेश प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा मधेस प्रदेशमा पोखरी, खाडल, खोला, इनार तथा पानी थापेर राखिएका भाँडाहरूमा समेत डुबेर मृत्यु हुने गरेको बताउँछन् । पछिल्लो तीन वर्षको प्रहरी तथ्यांक अनुसार बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी मधेस प्रदेशका आठ जिल्लामा झन्डै पाँच सय मानिसको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै बालबालिका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा मधेस प्रदेशका ८ जिल्लामा २०६ जनाको डुबेर मृत्यु भएको छ । जसमा १०९ जना बालबालिका रहेका छन्। ७६ जना पुरुष र २१ जना महिलाको डुबेर मृत्यु भएको छ ।
तथ्यांक हेर्दा सबैभन्दा धेरै धनुषामा ३६ जना पुरुष र सिरहामा २५ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/०८० मा यो तथ्यांक केही घटेको देखिएको छ । यस वर्ष ६५ जना बालबालिकासहित डुबेर मृत्यु हुनेको संख्या १०५ छ ।
आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा डुबेर मृत्यु हुनेको संख्या बढेको छ । आ.ब. २०८०/०८१ को असार २० गतेसम्म १७० जनाको डुबेर मृत्यु भएको छ । ११३ बालबालिका, ४३ पुरुष र १४ जना महिलाको मृत्यु भएको छ ।
डुबेर मृत्यु हुने घटनाको वार्षिक तथ्यांक हेर्दा बालबालिकापछि सबैभन्दा धेरै पुरुषहरू यस्ता घटनामा परेको पाइएको छ । तुलनात्मक रुपमा महिलाको संख्या कम छ । आर्थिक वर्ष २०७८/०७९ मा ५ जना, २०७९/०८० मा १ जना र २०८०/०८१ मा ११ जना डुबेर घाइते भएका छन् ।