Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एकीकृत समाजवादीः पदाधिकारी चुन्न चुनावी तालिका सार्वजनिक





जनकपुरधाम ।
एकीकृत समाजवादीले पदाधिकारीको चुनावी तालिका सार्वजनिक गरेको छ ।
दशौं महाधिवेशनपछि आइतबार पहिलो केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । बैठकको एउटा एजेण्डा १८ जना पदाधिकारी तयन पनि छ ।
बैठकको सुरुमै बोलेका झलनाथ खनाल सहितका नेताहरुले महाधिवेशनको म्याण्डेट नै सहमति भएको बताएका थिए । तर अध्यक्ष माधवकुमार नेपाल चुनावको पक्षमा देखिए । सोमबार उनले सहमति नजुटे चुनाव हुने जानकारी दिए ।
निर्वाचन आयोगले सोमबार नै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । यसअनुसार भोलि मंगलबार विहान उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
१ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ भने २ देखि ५ बजेसम्म मतदान हुनेछ ।
साँझ ६ बजेदेखि मतगणना सुरु हुने तालिका छ । यद्यपि मतदान अघिसम्म सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् ।