Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रुसले युक्रेनको राजधानी किभसहित दर्जनौ शहरमा गर्यो आक्रमण





एजेन्सी ।
रुसी सेनाले सोमबार युक्रेनको राजधानी किभसहित कैयौं सहरमा आक्रमण गरेको छ । क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा ३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
पछिल्लो आक्रमणपछि स्थानीयहरू सुरक्षित रहन किभका भूमिगत मेट्रो स्टेसनहरूमा बस्न थालेका छन् । रुसले युक्रेनी राजधानी किभसँगै १५ क्षेत्रका दर्जनौं सहरमा आक्रमण गरेको हो । तीमध्ये कतिपय सहरमा विद्युत् तथा पानी आपूर्ति बन्द भएको जनाइएको छ । रुसी ड्रोनहरूले खासगरी युक्रेनी ऊर्जा संरचनालाई निसाना बनाएको बीबीसीले जनाएको छ ।
युक्रेनी हवाई सेनाका अनुसार रुसले देशभरका विभिन्न सहरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको हो । रुसले युक्रेन वरपरका भिनित्सिया, पोल्ताभा र माइकोलेइम क्षेत्रबाट रुसी ड्रोनहरूले आक्रमण गरिरहेका युक्रेनी हवाई सेनाले जनाएको छ ।
युक्रेनी प्रधानमन्त्री डेनिस सामिहालले रुसी आक्रमणमा ड्रोन, त्रुज क्षेप्यास्त्र र किन्जाल क्षेप्यास्त्रहरू प्रयोग गरिएको जनाएका छन् । ‘युक्रेनका ऊर्जा संरचना रुसी आक्रमणको मुख्य निसाना बनेका छन्,’ म्यासेजिङ प्लाटफर्म टेलिग्राममा सामिहालले लेखेका छन् ।
युक्रेनले गत अगस्ट ६ मा रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणमा युक्रेनले कम्तीमा एक हजार वर्गकिलोमिटर क्षेत्रफल नियन्त्रणमा लिएको जनाएको थियो । केही सातायता युक्रेनले गरेका आक्रमणका कारण दशौं हजार रुसी नागरिक विस्थापित भएको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी सेनालाई नियन्त्रणमा लिनका लागि कुर्स्क क्षेत्रमा कारबाही गरिएको जनाएका थिए । आक्रमणपछि दुई देशले शनिबार १ सय १५ बन्दी साटासाट गरेका थिए ।