Breaking 
जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी | सप्तरीको हनुमाननगर कङ्कालिनीमा दूईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, १ घाइते | १६१ देशसंग व्यापार गर्ने नेपालको १२४ देशसंग व्यापार घाटा | इरानमाथि अमेरिकी आक्रमणको कतार, ओमान र इराकद्वारा निन्दा | संसदमा लफड़ा चलि रहँदा रास्वपाका सांसदहरु विदेश भ्रमणमा | मुक्तिक ८ द्वार– अष्टांग योग | सांसद अमरेश सिंहले नेपाललाई अर्को देशलाई लिजमा दिन भनेपछि लफड़ा | रास्वपाको ६ बुँदे निर्णय सार्वजनिक | सुनको मूल्यमा सामान्य बृद्धि | पाकिस्तानद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारकालागि सिफारिश गर्ने घोषणा |

प्रेमी नपाएपछि मान्छेमाथी आक्रमण गर्दै डल्फिन





एजेन्सी ।
डल्फिनलाई कथा कहानीमा मित्रवत् जनावरको रूपमा देखाएको छ । तर हामीले बेला–बेलामा डल्फिनको आक्रमणका कारण मान्छे घाइते भएको खबरहरू सुन्दै आएका छौँ ।
जापानको समुद्री तटनजिक रहेको एक सहरका बासिन्दालाई डल्फिनबाट टाढै रहन कडा सल्लाह दिइएको छ । फुकुई प्रिफेक्चरको मिहामा सहरले यो चेतावनी जारी गरेको हो ।
स्थानीयहरूलाई डल्फिनको नजिक गएमा तिखो दाँतले टोक्छ, रगत निकाल्न सक्छ भनेर चेतावनी दिइएको छ । यति मात्र कहाँ हो र, घिसारेर समुद्रमा लैजान सक्छ , यो प्राण घातक हुन सक्ने भनिएको छ । लगातार तेस्रो वर्ष पनि फुकुईमा डल्फिनको आक्रमण बढेको छ । प्रेमी नहुँदा एक्लो भएपछि यौन इच्छा पूरा नभएर डल्फिन आक्रामक भएको हुन सक्ने विज्ञहरूले बताइरहेका छन् ।
यस गर्मीयाममा मात्रै प्रिफेक्चरको समुद्री तटमा डल्फिनले १८ जनामाथि आक्रमण गरेको कोष्ट गार्डले भनेको छ । गएको वर्ष पनि डल्फिनको आक्रमणमा अरू ६ जना घाइते भएका थिए । भाले र पोथी डल्फिन खेल्दा एक अर्कालाई टोक्ने गर्छन् । फुकुईमा पनि डल्फिनले मान्छेलाई आक्रमण गर्न नटोके होइन, उनीहरूले मान्छेसँग सञ्चार गर्न डल्फिनलाई जस्तै व्यवहार देखाएको जापानको मेई विश्वविद्यालयमा सिटोलोजीका प्राध्यापक तादामिची मोरिसाका भन्छन् ।
अरूले भने यौन इच्छा लगायत अन्य कारणतर्फ औँल्याएका छन् । डल्फिनहरू प्रायः समूहमा हिँड्छन् । समुदायबाट बहिष्कृत भएको डल्फिनले वैकल्पिक साथी खोज्न त्यस्तो व्यवहार देखाएको हुन सक्ने शार्क बे डल्फिन रिसर्च प्रोजेक्टका मुख्य अनुसन्धानकर्ता डा. सिमन एलन भन्छन् । केहीले भने आफ्नो रक्षाका लागि आक्रमण गरेको हुन सक्ने पनि भनेका छन् । हात्तीको जस्तै डल्फिनको पनि स्मरणशक्ति राम्रो हुन्छ । विगतमा आफूलाई मान्छेले गरेको दुर्व्यवहार सम्झेर मान्छे देख्ने बित्तिकै प्रतिकारमा उत्रिएको हुन सक्ने नेशनल युनिभर्सिटी अफ सिंगापुरमा समुद्री जीवन विज्ञ डा. म्याथियस हफम्यान–कुन्टको भनाइ छ ।