Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपाको ‘आत्मनिर्भर नेपाल अभियान’

नेपाली उत्पादनको बजारीकरण गरिने





काठमाडौं ।
नेपाली उत्पादनको प्रर्वद्दन गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टीले आत्मनिर्भर नेपाल अभियान सुरु गरेको छ । अभियान मार्फत रास्वपाले उत्पादित वस्तु उत्पादन तथा बजारीकरणमा भएका नीतिगत असहजता हटाउने गरी कार्य प्रारम्भ भएको जानकारी गराएको छ ।
‘नेपाली उत्पादनहरुले बजार नपाएको गुनासोलाई यस अभियानले प्रत्यक्ष सम्बोधन गर्ने उद्देश्य राखिएको छ,’ अभियानको उद्देश्यबारे रास्वपाले भनेको छ, ‘नेपाली उत्पादनहरुलाई सम्भाव्य विश्वबजारमा पु¥याउन समेत मद्दत गर्नेछ ।’
आत्मनिर्भर अभियान माफर्त नेपाली उत्पादन, कृषि क्षेत्र, आर्थिक सुधार, आयुर्वेद, प्रविधि, हार्डवेयर/माइनिङ लगायतमा कार्य गरिने रास्वपाले जनाएको छ । नेपालमा उपलब्ध कृषिजन्य तथा वनजन्य कच्चा पदार्थको व्यवसायीक उत्पादन र प्रर्वद्दनमा देखिएका समस्याको समाधानका लागि आवश्यक नीति निर्माणका कार्य गर्ने रास्वपाले जानकारी गराएको छ ।
युवाहरुलाई उत्पादनमूलक क्षेत्रसँग जोड्ने, सीपमुलक तालिमको व्यवस्था गर्ने, उत्पादित वस्तुको आन्तरिक व्यवस्थापन र बजारीकरण एवं गुणस्तरमा जोड दिने आत्मनिर्भर अभियानको उद्देश्य छ । लगानीमैत्री वातावरण, अव्यवहारिक नीतिगत सुधारको पहल अभियानले गर्नेछ ।
‘नीतिगत समस्या हटाउन, उत्पादित बस्तुको बजारीकरण, आत्मनिर्भर बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो,’ केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीले भने,‘सरोकारवाला, विज्ञसँग छलफल गरिने निरन्तरको प्रक्रिया हो ।’ अभियान प्रदेश तहमा पनि सुरु गरिने पराजुलीले जानकारी गराए ।
अभियानको संयोजन गर्न पार्टीका नेताहरुलाई जिम्मेवारी दिइएको छ । नेताहरु गणेशपराजुली, डा.प्रभात अधिकारी, मनिष झा, रामकृष्ण भट्टराई र अशोककुमार चौधरीलाई आत्मनिर्भर अभियानका लागि पार्टीले जिम्मेवारी दिएको छ ।