Breaking 
डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु | लखनउमाथि दिल्लीको रबाफ | आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु |

वैदेशिक रोजगारीको क्रममा नेपालीहरुले ज्यान गुमाउने क्रम बढ्दो

पछिल्लो एक वर्ष १३ सयबढी नेपालीको मृत्यु





काठमाडौँ ।
पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा विभिन्न कारणले एक हजार ३७८ जना नेपालीले ज्यान गुमाएका हुन ।
वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी रोगका कारण मृत्यु भएको रहेको छ । विभिन्न रोग लागेर २६१ जना नेपालीले ज्यान गुमाएका छन् । त्यसपछि आत्महत्या १९२, प्राकृतिक मृत्यु १९१, हृदयाघात १२०, सवारी दुर्घटनामा परेर १०३ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांकले देखाएको छ ।
त्यस्तै ७ जनाको हत्या भएको छ । ५४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ६० जनाको बिरामी भएर मृत्यु भएको छ । ६९ जनाको मृत्युको कारण थाहा नभएको, ४ जनाको कार्यस्थलमा दुर्घटना भएर, ६३ जनाको अन्य कारणले मृत्यु भएको छ ।
त्यस्तै ५१ जनाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बोर्डले जनाएको छ । ७ जनाको मृगौलाको रोग लागेर, ७ जनाको कोभिड–१९ का कारण, ७९ जना कार्डिक एरेष्टका कारण, ३९ जनाको क्यान्सरका कारण मृत्यु भएको छ ।