Breaking 
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर |

सन्तान नजन्माउने दम्पतिको संख्या बढ्दै, किन ?





एजेन्सी ।
‘दुई सन्तान ईश्वरको वरदान।’ एक समय यो भनाइ निकै चर्चित थियो । बिस्तारै मानिसहरु एक सन्तानमा चित्त बुझाउने भए । पछिल्लो पुस्ताका अधिकांश दम्पतीका एक सन्तान छन् । आउँदो पुस्ता त झन् सन्तान सुखबाट विमुखजस्तै छ । यो पुस्ता करिअरमा केन्द्रित भएका कारण पनि उनीहरुको ध्यान बच्चामा छैन ।
पछिल्लो पुस्ताका अधिकांश दम्पती आफ्नो माया आफैँले गर्ने हो भन्नेमा पुगिसकेका छन् । उनीहरु धेरै पैसा कमाउन चाहन्छन् । उनीहरु आफ्नो जीवन राम्रोसँग बिताउनुपर्छ भन्ने उनीहरुको धारणा छ ।
त्यस्ता जोडीहरूलाई डिंक (डुअल इनकम, नो किड्स) भन्ने गरिन्छ । केही दशकअघि नै प्रचलनमा आएको यो पदावली केही वर्षयता धेरै लोकप्रिय भएको छ । पछिल्लो समय परिवार बनाउने र बुढेसकालमा छोराछोरी सहारा हुन्छन् भन्ने कुरामा विश्वास नगर्ने दम्पतीहरुको संख्या बढ्दो छ । यी दम्पती आफ्नो जीवनमा जे कुराले खुसी दिन्छ त्यही गर्न रुचाउँछन् ।
एक अध्ययन अनुसार विश्वमा यस्ता जोडीको संख्या क्रमशः बढ्दै गएको छ । समय बदलिएसँगै समाजको जीवनशैली पनि परिवर्तन हुन्छ । अहिलेको पुस्ता विशेषगरी सहरमा बस्ने युवाहरू आफ्नो करिअरमा पूर्ण सन्तुष्ट भएपछि मात्रै विवाहको बारेमा सोच्छन् । केटा होस् अथवा केटी, आफ्नो खुट्टामा उभिएपछि मात्रै विवाह गर्ने परम्परा बढ्दो छ ।
ठीक समयमा विवाह गरेका दम्पती पनि परिवार योजनाका लागि हतार गर्दैनन् । विवाहपछि आफ्नो सपना पूरा गर्न चाहन्छन् । त्यसपछि मात्रै परिवारलाई अगाडि बढाउने सोच हुन्छ । बच्चा जन्माउन नचाहने अन्य धेरै कारण हुन सक्ने विशेषज्ञहरु बताउँछन् ।
अमेरिकी लेखक डब्ल्यू मुनले यस विषयमा एउटा पुस्तक पनि लेखेका छन्, ‘लिभिङ द डिंक लाइफ ।’ यस पुस्तकमा, उनले बच्चा जन्माउन नचाहने र आफ्नो करिअर बनाउन चाहने दम्पतीहरूको जीवन कसरी उत्तम हुन्छ भनेर बताएका छन् । जहाँ डिंक जोडीका बारेमा चर्चा गरिएको छ ।
बच्चालाई संसारमा ल्याउनु ठूलो निर्णय हो । त्यसैले धेरै जोडीहरूका लागि आमाबाबु बन्ने निर्णय एकदमै व्यक्तिगत कुरा हो । सामाजिक अपेक्षादेखि आफ्नै इच्छा र परिस्थितिसम्मले मानिसहरुको सन्तान चाहनालाई प्रभाव पार्ने गर्छ ।
इन्टरनेसनल जर्नल अफ रिसर्च इन सोसल साइन्सकामा प्रकाशित एक अध्ययनमा भनिएको छ, ‘आजकल धेरै दम्पतीहरूले बच्चा नजन्माउने निर्णय गर्छन् । केवल बच्चा जन्माउनु र आफ्नो बुढेसकाल सुरक्षित गर्न लगानी गर्नु सही निर्णय होइन । बच्चा जन्माउनको लागि तपाईं मानसिक, शारीरिक र आर्थिक रूपमा तयार हुनुपर्छ ।’
अमेरिकामा गरिएको एक सर्वेक्षणका अनुसार यस्ता दम्पतीमध्ये ३३ प्रतिशतले आर्थिक स्वतन्त्रताका लागि बच्चा नजन्माएको बताएका छन् । २८ प्रतिशत दम्पतीले सहज जीवनका लागि बच्चा नजन्माएको बताएका थिए भने आर्थिक अभाव २६ प्रतिशतले र स्वास्थ्यका कारण १३ प्रतिशत दम्पतीले बच्चा नजन्माएको बताएका छन् । समाजमा डिंक जोडीको आलोचना समेत हुने गरेको छ। यस्ता जोडीलाई समाजले स्वार्थी र परम्पराविरोधीको आक्षेप लगाउने गरेको छ । एसोसिएटेड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ इन्डियाले गरेको सर्वेक्षणले यस्ता जोडीहरु बढी खर्चालु हुने देखाएको छ । उनीहरु मनोरञ्जन र बाहिरी घुमघाममा पनि धेरै समय खर्च गर्ने स्वभावका हुन्छन् । ६५ प्रतिशत मानिसले बच्चा नहुँदा जीवनमा ज्यादा आर्थिक स्वतन्त्रता हुने स्वीकार गरेका छन् ।