Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

प्रधानमन्त्री ओली भन्छन्– यो सरकार भातरोटी खान्छ, घुस खाँदैन





काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता गतिविधि हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् ।
काठमाडौं महानगरपालिका–११, भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै उनले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए । उनले भने, “वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाऊ भन्दैन, निर्दोषलाई फसाऊ भन्दैन र दोषीलाई छाड्दैन ।”
वर्तमान सरकार देश र जनताका पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उनले उल्लेख गरे । संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन उनले निर्देशन दिए । “यो सरकार केवल अर्को सरकार होइन । यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ,” प्रधानमन्त्री ओलीले भने ।
प्रहरीमा बढुवा र सरुवाका निम्ति कुनै दौडधुप गर्नु नपर्ने उल्लेख गर्दै उनले भने, “झोलाथैला बोकेर कसैकामा कुद्नु पर्दैन । अहिलेको सरकार भातरोटी खान्छ, घुस खाँदैन । तपाईंहरू कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस् । अवाञ्छित र अनुचित प्रभावमा नलाग्नूस् ।”