Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रामकुमार शर्मा जसपा नेपालको महासचिव बन्दा ईन्दु केन्द्रमा परिनन्





जनकपुरधाम ।
नेकपा (माओवादी केन्द्र) छाडेर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका रामकुमार शर्मा सो पार्टीको महासचिव बनेका छन् । जसपाले पदाधिकारी चयन गर्दा शर्मालाई महासचिव बनाएको हो । शर्मासँगै मधेस प्रदेसका पूर्वमुख्यमन्त्री लालबाबु राउत पनि पार्टीको महासचिव चयन भएका छन् । नेता शर्मा र उनकी पत्नी इन्दु शर्मा माओवादी छाडेर गत वैशाख ९ गते जसपामा प्रवेश गरेका थिए ।
शर्मा माओवादी केन्द्रमा हुँदा एकपटक पोलिटब्युरो सदस्य र लामो समय केन्द्रीय सदस्य थिए । इन्दु शर्मा पनि माओवादीबाट सांसद र केन्द्रीय सदस्य बनेकी थिइन् । तर, इन्दु शर्मा भने जसपाको केन्द्रमा परिनन् । गत निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ ‘ख’ मा पाएको टिकट पनि खोसिएपछि रामकुमार शर्मा माओवादी नेतृत्वसँग रुष्ट बनेका थिए ।
सुरुमा माओवादीले शर्मालाई महोत्तरी ३ प्रदेशसभा ‘ख’ को टिकट दिएको थियो । तर, पाँच दलीय गठबन्धनका कारण लोसपालाई महोत्तरी ३ को ‘ख’ क्षेत्र छाड्नुपर्ने भएपछि मनोनयनको दिन उनको टिकट खोसिएको थियो । त्यतिबेलै उनले अब आफू उपेन्द्र यादवको पार्टीमा प्रवेश गर्ने घोषणा नै गरेका थिए । आफूलाई विश्वास गरेर उपेन्द्र यादवले पार्टीको महासचिव बनाएको भन्दै शर्माले प्रसन्नता व्यक्त गरे।