Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

छैटौँ बिमस्टेक शिखर सम्मेलन सर्यो

‘सदस्य मुलुकहरुसँग छलफल गरेर नयाँ मितिको घोषणा गरिने’





काठमाडौँ ।
थाइल्यान्डमा भएको नयाँ राजनीतिक उतारचढापपछि थाइल्यान्डमा यही भदौ १८ र १९ मा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि पछि सरेको छ । थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गर्दै हालका लागि शिखर सम्मेलन गर्न नसक्ने उल्लेख गर्दै पछि गर्नु पर्ने उल्लेख गरेको हो ।
परराष्ट्र मन्त्रालय स्रोतका शिखर सम्मेलनको नयाँ मिति भने फेरि सबै सदस्य मुलुकहरूसँग छलफल गरेर तय गरिनेछ । सन् १९९७ मा स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा नेपाल सन् २००४ मा सदस्य बनेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । बिमस्टेकले स्थापनाको २६ वर्षमा सन् २०२२ मा बडापत्र (चार्टर) ल्याएको थियो ।
साउन ३० मा थाइल्यान्डको संवैधानिक अदालतले त्यहाँका निवर्तमान प्रधानमन्त्री स्रेथा थाविसिनलाई नैतिक उल्लंघन गरेको ठहर गर्दै पदमुक्त गरेको थियो । त्योसँगै उक्त सम्मेलन गर्ने हुने वा नहुने भन्ने प्रश्न उठेको थियो । साउन ३२ मा ३७ वर्षीय पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बनेकी थिइन् । उनी पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।
थाइल्यान्डको विदेशमन्त्रालयले नयाँ सरकार गठन भएसँगै आवश्यक संसदीय प्रतिक्रिया र कानुनी प्रक्रियाहरुले गर्दा समयमै बिमस्टेक शिखर सम्मेलन गर्न नसक्ने जनाएको हो । उक्त सम्मेलनमा भाग लिनको लागि नेपाल सरकार तयारी गरे पनि अब रोकिएको छ ।