जनकपुरधाम ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजीव झालाई गालीगलौज गर्दै धम्काएको भन्दै राष्ट्रिय मुक्ति क्रान्तिले आपत्ति जनाएको छ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै आफ्ना नेतालाई धनुषाका प्रमुख जिल्ला अधिकारी कडरीयाले धम्की दिएक घटनाप्रति भत्र्सना गरेका हुन् । पद तथा शक्तिको दुरुपयोग गर्दै धम्कीपूर्ण क्रियाकलापले नागरिकलाई आतंकित पार्ने कार्य भत्र्सनायोग्य रहेको महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मालपोत कार्यालय धनुषामा विगत ७ महिनादेखि एक स्थानीय जग्गा रजिस्ट्रेसनकालागि निरन्तर प्रयास गरिरहँदा समेत काम नभएपछि राष्ट्रिय मुक्ति क्रान्तिका केन्द्रिय नेता झाले मालपोतका प्रमुख विष्णु प्रसाद सिटौला काम गरि दिन पटक पटक आग्रह गरेपनि नगरेपछि अन्त्यमा प्रजिअ समक्ष गुनासो गर्दा उल्टै गालीगलौज गरेको विज्ञप्ति मार्फत आरोप लगाइएको छ । प्रजिअले धम्काएको घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग समेत गरिएको छ ।