जनकपुरधाम
प्रदेश वन निर्देशनालय जनकपुरधामका प्रमुख जगन्नाथप्रसाद जयसवालको कुर्ताको कर्मचारी वृतमा निकै चर्चा रहेको छ । जनकपुरधाम वडा नम्बर ४ उत्तिमपुर स्थित निर्देशनालयको नयाँ भवनको उदघाटन समारोहमा कर्मचारीहरुलाई जयसवालले कुर्ता वितरण गरेका छन् ।
कार्यालय प्रमुख आफू खुशी भएर कार्यालयमा रहेका सम्पूर्ण कर्मचारीलाई कपडा दिइएको बताएका छन् । मोडेल खबरसँग कुरा गर्दै जयसवालले आफू आफनो तलबबाट १५ थान कपड़ा वितरण गरिएको बताएका छन् । तर सो कार्यालयमा १९ जना कर्मचारीको दरबन्दी रहेको छ । सबैलाई कुर्ता दिइएको कर्मचारीहरुले बताएका छन् । सो कुर्ता निर्देशनालयका प्रमुख आफै वीरगञ्जवाट किनेर ल्याएका छन् ।
उदघाटन खर्चमै कर्मचारीका लागि कुर्ता ल्याइएको केही कर्मचारीले नाउँ नबताउने शर्तमा जानकारी दिएका छन् । यसका लागि लेखापाललाई बिल भर्पाइ अहिले नबुझाइएपनि केही रकम राख्न जयसवालले भनेको समेत ती कर्मचारीले बताए ।
कर्मचारीहरु भन्छन् कार्यालयको खर्चबाट कुर्ता ल्याइएको भने केही कर्मचारीले आफूलाई च्यातेको कुर्तापनि भेटाएको आरोप लगाएका छन् । जसले कपडा दिएपनि यसप्रकारको कर्मचारीलाई सामान वितरण गर्नु गलत रहेको छ । कर्मचारी आचरण सम्बन्धि प्रदेश ऐन विपरीत जयसवालले कार्य गरेको जानकारहरु बताउँछन् । यसमा कार्यबाही समेत हुनसक्छ ती जानकारले बताए ।
सरकारी कार्यक्रममा आफना कर्मचारीलाई मधेश प्रदेशमा पहिलोपटक यसप्रकारको कपडा वितरण गरिएको छ । अहिले प्रदेश सरकार मातहतका सबै कार्यालयमा जयसवालको कुर्ता वितरणको चर्चा रहेको छ ।
इता भवन उदघाटनका लागि बनाइएको शिलालेखमा निर्देशनालयका प्रमुख जयसवालले आफ्नो नाम राखेपछि त्यसको पनि चौतर्फी आलोचना भई रहेको छ ।
शिलालेखमा निर्देशकले आफ्नो कार्यकालमा यो भवन निर्माण भएको दर्शाउने अभिप्रायले भावनको उदघाटन गरेका मुख्यमन्त्री सतिश सिंह र मन्त्री त्रिभुवन साहसंगै आफ्नो नाम समेत लेखाउन लगाएका छन् । उनले आफ्नो नाम समेत राखेको विषयलाई लिएर अहिले सामाजिक संजालमा समेत आलोचना भईरहेको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकारले समेत सामाजिक सञ्जालमा जयसवालप्रति आलोचनात्मक टिप्पणी लेखेका छन् ।