Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संस्थागत क्षमता मूल्यांकनमा मधेसका ५० पालिकाले ५० नम्बर पनि ल्याउन सकेनन्





जनकपुरधाम ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको देशभरका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा ८४ स्थानीय तहले ५० अंक पनि कटाउन नसकेको देखिएको छ । १०० अंकभारमा मूल्यांकन गरिने लिजामा मधेश प्रदेश सबैभन्दा खस्किएको देखिएको छ भने गण्डकी र लुम्बिनीका स्थानीय तहहरुको अंक राम्रो देखिएको छ ।
स्थानीय तहहरुले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो । स्थानीय तहहरुको कार्य प्रकृया र उपलव्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रकृयामा प्रतिस्पर्धा गराउने काम गर्छ ।
४ वटा स्थानीय तहबाहेक देशभरका पालिकाहरुले लिजा प्रतिवेदन सार्वजनिक गरेपछि मन्त्रालयले उनीहरुको अंक दिने प्रकृयाको गुणस्तर परीक्षण गरेर नतिजा सार्वजनिक गरेको हो । जम्मा ७४९ पालिकाको नतिजा सार्वजनिक हुँदा कोशीका ६ वटा मधेशका ५० वटा, बागमतीका ६ वटा लुम्बिनी र गण्डकीका २÷२ वटा, कर्णालीका ५ वटा र सूदुरपश्चिमका १३ वटा स्थानीय तहले ५० अंक कटाउन नसकेका हुन् । मधेशका पालिकाले त जम्मा १२ अंकसम्म पनि ल्याएका छन् । मधेशका धेरैजसो नगरपालिका नै लिजामा कमजोर देखिदा कर्णालकिा पालिकाहरुले राम्रो अंक ल्याएको देखिन्छ ।
मधेस प्रदेशको धनुषाको धनुषाधाम नगरपालिका ३४.२५, धनौजी गाउँपालिका ४७.४५, शहीदनगर नगरपालिका ४६.७५, सवैला नगरपालिका २५.२५, पर्साको कालिकामाइ गाउँपालिका ३१.७५, छिपहरमाइ गाउँपालिका ४४, जीराभवानी गाउँपालिका ४९, धोविनी गाउँपालिका २५.७५, पटेर्वा सुगौली गाउँपालिका ३९, पोखरिया नगरपालिका ४७.५०, विन्दवासिनी गाउँपालिका ४०.७५, सखुवा प्रसौनी गाउँपालिका ४१, बाराको सिम्रौनगढ नगरपालिका २१, देवाताल गाउँपालिका ४०.२५, निजगढ नगरपालिका ४७.२५, प्रसौनी गाउँपालिका ३१.२५, फेटा गाउँपालिका ३३.५०, विश्रामपुर गाउँपालिका ४७.५०, सुवर्ण गाउँपालिका ३५, महोत्तरीको सोनामा गाउँपालिका १२.५०, एकडारा गाउँपालिका ३५, मनरा शिशवा नगरपालिका ४८.७५, महोत्तरी गाउँपालिका २९.५०, रामगोपालपुर नगरपालिका ४८.५०, लोहारपट्टी नगरपालिका ४८.५०, रौतहटको गढीमाइ नगरपालिका २०.५०, गजुरा नगरपालिका ४४.७५, फतुवा बिजयपुर नगरपालिका २४, बृन्दाबन नगरपालिका ३९.५०, बौधिमाइ नगरपालिका ३४, मौलापुर नगरपालिका ४२.७५, यमुनामाइ गाउँपालिका ४६, सप्तरीको छिन्नमस्ता गाउँपालिका ३२, तिरहुत गाउँपलिका ४२, बलान विहुल गाउँपालिका, ४४.५०, महादेवा गाउँपालिका ३३.७५, रुपनी गाउँपालिका ४३.७५, राजगढ गाउँपालिका ३५.७५, हनुमाननगर कंकालिनी नगरपालिका ४८.५०, सर्लाहीको कविलासी नगरपालिका ३९.२५, धनकौल गाउँपालिका ४९.५०, ब्रम्हपुरी गाउँपालिका ४२, हरिपूर्वा नगरपालिका ४४ र सिरहाको कर्जन्हा नगरपालिका ४४, कल्याणपुर नगरपालिका ४८.५०, गोलवजार नगरपालिका ४७.२५, नवराजपुर गाउँपालिका २२.२७, भगवानपुर गाउँपालिका ३८.७५, लक्ष्मीपुर पतारी गाउँपालिका ४५.२५, विष्णुपुर गाउँपालिका ४९.५० अंक ल्याएका छन् ।