Breaking 
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर |

संस्थागत क्षमता मूल्यांकनमा मधेसका ५० पालिकाले ५० नम्बर पनि ल्याउन सकेनन्





जनकपुरधाम ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको देशभरका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा ८४ स्थानीय तहले ५० अंक पनि कटाउन नसकेको देखिएको छ । १०० अंकभारमा मूल्यांकन गरिने लिजामा मधेश प्रदेश सबैभन्दा खस्किएको देखिएको छ भने गण्डकी र लुम्बिनीका स्थानीय तहहरुको अंक राम्रो देखिएको छ ।
स्थानीय तहहरुले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो । स्थानीय तहहरुको कार्य प्रकृया र उपलव्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रकृयामा प्रतिस्पर्धा गराउने काम गर्छ ।
४ वटा स्थानीय तहबाहेक देशभरका पालिकाहरुले लिजा प्रतिवेदन सार्वजनिक गरेपछि मन्त्रालयले उनीहरुको अंक दिने प्रकृयाको गुणस्तर परीक्षण गरेर नतिजा सार्वजनिक गरेको हो । जम्मा ७४९ पालिकाको नतिजा सार्वजनिक हुँदा कोशीका ६ वटा मधेशका ५० वटा, बागमतीका ६ वटा लुम्बिनी र गण्डकीका २÷२ वटा, कर्णालीका ५ वटा र सूदुरपश्चिमका १३ वटा स्थानीय तहले ५० अंक कटाउन नसकेका हुन् । मधेशका पालिकाले त जम्मा १२ अंकसम्म पनि ल्याएका छन् । मधेशका धेरैजसो नगरपालिका नै लिजामा कमजोर देखिदा कर्णालकिा पालिकाहरुले राम्रो अंक ल्याएको देखिन्छ ।
मधेस प्रदेशको धनुषाको धनुषाधाम नगरपालिका ३४.२५, धनौजी गाउँपालिका ४७.४५, शहीदनगर नगरपालिका ४६.७५, सवैला नगरपालिका २५.२५, पर्साको कालिकामाइ गाउँपालिका ३१.७५, छिपहरमाइ गाउँपालिका ४४, जीराभवानी गाउँपालिका ४९, धोविनी गाउँपालिका २५.७५, पटेर्वा सुगौली गाउँपालिका ३९, पोखरिया नगरपालिका ४७.५०, विन्दवासिनी गाउँपालिका ४०.७५, सखुवा प्रसौनी गाउँपालिका ४१, बाराको सिम्रौनगढ नगरपालिका २१, देवाताल गाउँपालिका ४०.२५, निजगढ नगरपालिका ४७.२५, प्रसौनी गाउँपालिका ३१.२५, फेटा गाउँपालिका ३३.५०, विश्रामपुर गाउँपालिका ४७.५०, सुवर्ण गाउँपालिका ३५, महोत्तरीको सोनामा गाउँपालिका १२.५०, एकडारा गाउँपालिका ३५, मनरा शिशवा नगरपालिका ४८.७५, महोत्तरी गाउँपालिका २९.५०, रामगोपालपुर नगरपालिका ४८.५०, लोहारपट्टी नगरपालिका ४८.५०, रौतहटको गढीमाइ नगरपालिका २०.५०, गजुरा नगरपालिका ४४.७५, फतुवा बिजयपुर नगरपालिका २४, बृन्दाबन नगरपालिका ३९.५०, बौधिमाइ नगरपालिका ३४, मौलापुर नगरपालिका ४२.७५, यमुनामाइ गाउँपालिका ४६, सप्तरीको छिन्नमस्ता गाउँपालिका ३२, तिरहुत गाउँपलिका ४२, बलान विहुल गाउँपालिका, ४४.५०, महादेवा गाउँपालिका ३३.७५, रुपनी गाउँपालिका ४३.७५, राजगढ गाउँपालिका ३५.७५, हनुमाननगर कंकालिनी नगरपालिका ४८.५०, सर्लाहीको कविलासी नगरपालिका ३९.२५, धनकौल गाउँपालिका ४९.५०, ब्रम्हपुरी गाउँपालिका ४२, हरिपूर्वा नगरपालिका ४४ र सिरहाको कर्जन्हा नगरपालिका ४४, कल्याणपुर नगरपालिका ४८.५०, गोलवजार नगरपालिका ४७.२५, नवराजपुर गाउँपालिका २२.२७, भगवानपुर गाउँपालिका ३८.७५, लक्ष्मीपुर पतारी गाउँपालिका ४५.२५, विष्णुपुर गाउँपालिका ४९.५० अंक ल्याएका छन् ।