Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

लेबनानमा हिजबुल्लाहमाथी इजरायली आक्रमण





एजेन्सी ।
इजरायली सेनाले लेबनानमा हिजबुल्लाहमाथी आक्रमण गरेको छ । आफ्नो लडाकु विमानले लेबनानमा हिजबुल्लाहलाई निशाना बनाएर आक्रमण गरिरहेको इजरायली सेनाले जनाएको छ । हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि यो कदम चालेको इजरायलले जनाएको छ ।
‘हामीले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई पन्छाउन आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेका छौँ ।’ इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले भनेका छन् । आक्रमण गर्नुअघि सर्वसाधारणलाई हिजबुल्लाहले आफ्नो गतिविधि सञ्चालन गरिरहेका स्थानबाट तुरुन्तै बाहिरिन चेतावनी दिएको पनि सेनाले भनेको छ ।
इजरायली लडाकु विमानहरूले लेबनान भित्रका हतियार भण्डार र सैन्य भवनहरूलाई निशाना बनाए । यस आक्रमणमा एक जनाको मृत्यु भएको र ३० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
यी आक्रमणहरूको जवाफमा हिजबुल्लाहले गोलान हाइट्स क्षेत्रमा ५० भन्दा बढी मिसाइलहरू प्रहार गरेको थियो । आफ्ना सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको हिजबुल्लाहले बताएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मन्त्रिपरिषद्को आपत्कालीन सुरक्षा बैठक बोलाएका छन् ।