Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महावीरको ५७औँ साधारणसभा सम्पन्न, राजदेवी मूल पूजा तथा उपसमिति चयन





जनकपुरधाम ।
जनकपुरधामको श्री महाविर युवा कमिटिको ५७औं साधारणसभा सम्पन्न भएको छ । सप्तरीको ऐतिहासिक छिन्नमस्ता भगवती मन्दिरको प्राङ्गणमा महावीरले आफ्नो ५७औँ साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाबाट महावीर युवा कमिटीले माता राजदेवीको पूजालाई भव्य बनाउनकालागि मूल पूजा समितिसंगै विभिन्न उपसमिति चयन गरेको छ ।
बैठकबाट राजदेवी पूजाको मूल पूजा संयोजकमा रंजित भगतलाई चयन गरिएको महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिए ।
यसका साथै विभिन्न ९ वटा उपसमिति समेत चयन गरिएको हो । ठेहा संयोजकमा अजित शर्मा, प्रसाद ,महा प्रसाद तथा भव्य शृगार संयोजकमा दिपक साह, भजन संध्या संयोजकमा रंजन जयसवाल, मेला संयोजकमा रोशन कुमार साह, खोईछ भराई संयोजक तथा पार्क संरक्षण संयोजकमा बिकास साह ( बिक्की), सरसफाइ संयोजकमा सुनिल राउत, रावन बध संयोजकमा ओमप्रकाश गुप्ता, बिजय दसमी तथा झाँकी संयोजकमा मोहन साह( हिन्दु) र लाईन व्यवस्थापन तथा खाना संयोजकमा शशी साहलाई चयन गरिएको छ ।