Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

महावीरको ५७औँ साधारणसभा सम्पन्न, राजदेवी मूल पूजा तथा उपसमिति चयन





जनकपुरधाम ।
जनकपुरधामको श्री महाविर युवा कमिटिको ५७औं साधारणसभा सम्पन्न भएको छ । सप्तरीको ऐतिहासिक छिन्नमस्ता भगवती मन्दिरको प्राङ्गणमा महावीरले आफ्नो ५७औँ साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाबाट महावीर युवा कमिटीले माता राजदेवीको पूजालाई भव्य बनाउनकालागि मूल पूजा समितिसंगै विभिन्न उपसमिति चयन गरेको छ ।
बैठकबाट राजदेवी पूजाको मूल पूजा संयोजकमा रंजित भगतलाई चयन गरिएको महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिए ।
यसका साथै विभिन्न ९ वटा उपसमिति समेत चयन गरिएको हो । ठेहा संयोजकमा अजित शर्मा, प्रसाद ,महा प्रसाद तथा भव्य शृगार संयोजकमा दिपक साह, भजन संध्या संयोजकमा रंजन जयसवाल, मेला संयोजकमा रोशन कुमार साह, खोईछ भराई संयोजक तथा पार्क संरक्षण संयोजकमा बिकास साह ( बिक्की), सरसफाइ संयोजकमा सुनिल राउत, रावन बध संयोजकमा ओमप्रकाश गुप्ता, बिजय दसमी तथा झाँकी संयोजकमा मोहन साह( हिन्दु) र लाईन व्यवस्थापन तथा खाना संयोजकमा शशी साहलाई चयन गरिएको छ ।