जनकपुरधाम ।
मटिहानी नगरपालिकाले राम माध्यमिक विद्यालय मटिहानीको कक्षा ११मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेको छ । विद्यालयसम्म सहजरुपमा पुग्न र पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले मटिहानी नगरपालिकाले विगत ५ बर्ष देखि कक्षा ११का छात्राहरुलाई साइकल वितरण गर्दै आएको छ ।
विद्यालयका छात्राहरुलाई श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्री शरतसिंह भण्डारी छात्राहरुलाई साइकल वितरण गरे । साइकल वितरण गर्दै मन्त्री भण्डारीले अबको आवश्यक्ता सामाजिक आर्थिक विकासको सँगसँगै रोजगारी सिर्जना गर्नु रहेको र यसकालागि छोरीहरु शिक्षित हुनु आवश्यक रहेको बताए ।
मटिहानीका नगरप्रमुख हरि प्रसाद मण्डलले गुणस्तरीय शिक्षाका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
बिद्यालयमा मटिहानी, सिमरदही , बहुअर्वा, सुगा, पर्सा पतैली, सिरसिया ,धिरापुर र धनुषाको तुल्सियाही, मुखियापट्टी ,मुसहरनिया लगायतका छात्र–छात्रा अध्ययनरत छन् ।