Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महोत्तरी रामगोपालपुर २का वडाध्यक्ष मृत फेला





जनकपुरधाम ।
महोत्तरीमा एक वडाध्यक्ष मृत फेला परेका छन् । रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका–८ स्थित कलभर्ट छेउमा वडाध्यक्ष यादव मृत फेला परेका हुन् । यादव मृत फेला परेकै छेउमा लु.प्रदेश ०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक जयसवारका अनुसार मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको जस्तो देखिन्छ । तर, घटनाबारे थप खुलिसकेको छैन । अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।