Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

आशोधाराको सत्यसंग सम्पन्न, आचार्य दर्शन र अमरेशले प्रवचन दिए





जनकपुरधाम

ओशोधारा साधना केन्द्र जनकपुरधामको आयोजनामा एकदिवसीय ध्यान सत्यसंग कार्यक्रम आज सम्पन्न भएको छ । जनकपुरधाम वडा नम्बर २५ को लोहना स्थित ओशो धारा आश्रममा आयोजित सो कार्यक्रममा जोरवा द बुद्धको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा आचार्य दर्शनले परम गुरु ओशोले आफ्ना शिष्यहरुलाई भित्री सम्पन्नताका साथै बाहिरी सम्पन्नता पनि हुनुपर्ने अनि मात्र ध्यान र साधनाको मार्ग सहज हुने बताएका छन् । मिथिलाका राजा राजर्षिजनक पनि जोरवा द बुद्ध नै थिए । जोरवाको अर्थ हो बाहिरी रुपमा सम्पन्न व्यक्तित्व अर्थात् उसलाई बाहिरी जीवन जिउनका लागि जीवनसँग सम्बन्धित सम्पूर्ण साधन स्रोतको पूर्णता छ, कुनै आभाव छैन र भित्रि सम्पन्नताको अर्थ भगवात गौतव बुद्ध जस्तै शुद्ध बुद्ध हुनु हो भन्ने कुरा ओशो धाराका आचार्य दर्शनले बताए । दर्शनले प्रत्येक दिन ध्यान र सत्संग गर्नाले व्यक्ति बाहिरी सम्पन्नताका साथै भित्री सम्पन्नता प्राप्त गर्न सक्ने कुरामा जोड दिए ।
यसैगरी अर्का आचार्य अमरेशले वास्तवमा हामी धनी र गरीब आफ्नो दिमागको सही सदुपयोग नगरेको कारणले नै हुने गर्छौ तसर्थ एउटा प्रणका साथ हामी जोरवा हुन तर्फ अर्थात् धनी हुनेतर्फ अघि बढ्यो भने अवश्य सफलता हुने अनि मात्र जोरवा द बुद्धको सिद्धान्त सफल हुने बताए । आचार्य ओशो आफ्नो जीवन कालमा बाहिरी सम्पन्नता र भित्री सम्पन्नताका साथ उच्च शिखरमा सफल जीवन व्यतित गरेका थिए र उनले आफ्ना शिष्यहरुलाई पनि आफू जस्तै सफल जीवन व्यतित गर्न सलाह दिए र सफल जीवनका लागि मात्र ध्यानले हुँदैन । त्यसका लागि दृढ संकल्पनका साथ धनसँग प्रेम, आफूले प्राप्त गरेको वापतको अस्थितत्वलाई धन्यवाद र अरुको आलोचना नगरी अरुलाई पनि धनी होस् भने कल्पना गरेको खण्डमा र दान जस्ता पुरुषार्थ गरेको खण्डमा मनुष्य जीवन सफल हुने कुरामा आचार्य अमरेशले जोड दिएका छन् ।
कार्यक्रम पश्चात् ओशो धारा आश्रममा रुद्राक्ष र शिवलिंगको वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रममा यस क्षेत्रका वृक्षारोपण अभियानी सुरेश शर्माको नेतृत्वमा सम्पन्न भएको छ । साथै सो वृक्षारोपणमा आचार्य दर्शन, आचार्य अमरेश, आचार्य विश्वलाल, आचार्य प्रभु शरण, आचार्य जगदीश सहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।