रौतहट ।
रौतहटको मौलापुर नगरपालिकाले वडा नम्बर ९का वडाध्यक्ष श्याम किशोर साहको आचरण बारे सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ ।
मौलापुर नगरपालिकाका वडा नम्बर ९का वडाध्यक्ष श्याम किशोर साहको विषयमा तथा उहाँको पदीय आचरण विपरीतका विषयहरु विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालमा आईरहेको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै छानविन समिति गठन गरिएको हो ।
वडाध्यक्षको आचरण बुझ्नका लागि बनाइएको छानविन समितिको संयोजकमा नगरपालिकाका उपप्रमुख नागेन्द्र यादवलाई राखिएको छ । समितिको सदस्यहरुमा वडा नम्बरका वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, आशादेवी साह र अधिकृत अच्छेलाल साह रहेका छन् ।
वडाध्यक्ष श्यामकिशोरमाथी एक महिलाले यौन शोषण गरेको आरोप लगाएपछि उनको आचरण बुझ्नका लागि छानविन समिति गठन गरिएको पालिकाका एक कर्मचारीले बताए ।