Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वडाध्यक्षको आचरण बुझ्न पाँच सदस्यीय छानबिन समिति गठन





रौतहट ।
रौतहटको मौलापुर नगरपालिकाले वडा नम्बर ९का वडाध्यक्ष श्याम किशोर साहको आचरण बारे सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ ।
मौलापुर नगरपालिकाका वडा नम्बर ९का वडाध्यक्ष श्याम किशोर साहको विषयमा तथा उहाँको पदीय आचरण विपरीतका विषयहरु विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालमा आईरहेको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै छानविन समिति गठन गरिएको हो ।
वडाध्यक्षको आचरण बुझ्नका लागि बनाइएको छानविन समितिको संयोजकमा नगरपालिकाका उपप्रमुख नागेन्द्र यादवलाई राखिएको छ । समितिको सदस्यहरुमा वडा नम्बरका वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, आशादेवी साह र अधिकृत अच्छेलाल साह रहेका छन् ।
वडाध्यक्ष श्यामकिशोरमाथी एक महिलाले यौन शोषण गरेको आरोप लगाएपछि उनको आचरण बुझ्नका लागि छानविन समिति गठन गरिएको पालिकाका एक कर्मचारीले बताए ।