Breaking 
जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी | सप्तरीको हनुमाननगर कङ्कालिनीमा दूईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, १ घाइते | १६१ देशसंग व्यापार गर्ने नेपालको १२४ देशसंग व्यापार घाटा | इरानमाथि अमेरिकी आक्रमणको कतार, ओमान र इराकद्वारा निन्दा | संसदमा लफड़ा चलि रहँदा रास्वपाका सांसदहरु विदेश भ्रमणमा | मुक्तिक ८ द्वार– अष्टांग योग | सांसद अमरेश सिंहले नेपाललाई अर्को देशलाई लिजमा दिन भनेपछि लफड़ा | रास्वपाको ६ बुँदे निर्णय सार्वजनिक | सुनको मूल्यमा सामान्य बृद्धि | पाकिस्तानद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारकालागि सिफारिश गर्ने घोषणा |

रोटरी क्लवको पदहस्तान्तरण कार्यक्रम, नयाँ सभापतिमा प्रमोद





जनकपुरधाम

रोटरी क्लव अफ जनकपुरधामको नवनिर्वाचित पदाधिकारीहरुको पदहस्तान्तरण कार्यक्रम एक समारोह बीच सम्पन्न भएको छ । नवनिर्वाचित सभापति प्रमोद अग्रवाललाई निवर्तमान सभापति चन्द्रशेखर अग्रवालले हस्तान्तरण गरेका छन् ।
क्लवका संस्थापक सभापति विजय झुनझुनवाला र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको उपस्थितिमा प्रमोदलाई पदहस्तान्तरण गरिएको छ । सो संस्थाको प्रेसिडेन्ट इलेक्टमा ललितकुमार बजाज, प्रथम उपाध्यक्षमा प्रदीपकुमार चौधरी, दोस्रो उपाध्यक्षमा मनोजकुमार अग्रवाल, सचिवमा आशिष ठाकुर, सहसचिवमा प्रभाष झा, कोषाध्यक्षमा निषा महासेठ तथा निर्देशकमा प्रमोदकुमार चौधरी, जिवेन्द्र झा, अमित साह, प्रदीपकुमार दत्त, सर्जेन्ट एट आमर्समा संदीप महतो रहेका छन् ।
समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर साह, क्लवका संस्थापक सभापति झुनझुनवाला, निवर्तमान सभापति चन्द्रशेखर अग्रवाल, पूर्व सभापति निर्मल कुमार चौधरी, रोटरी क्लव अफ विरगंजका अध्यक्ष निर्मल खत्री, विरगंज मेट्रोपोलिस रोटरी क्लवका अध्यक्ष अनिल जयसवाल लगायतले बोल्नु भएको थियो । वक्ताहरुले रोटरीको माध्यमले सामाजिक कार्यलाई बढाउने चर्चा गरेका थिए ।
कार्यक्रमको अध्यक्षता नवनिर्वाचित सभापति प्रमोद अग्रवालले गरेका थिए ।