Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रोटरी क्लवको पदहस्तान्तरण कार्यक्रम, नयाँ सभापतिमा प्रमोद





जनकपुरधाम

रोटरी क्लव अफ जनकपुरधामको नवनिर्वाचित पदाधिकारीहरुको पदहस्तान्तरण कार्यक्रम एक समारोह बीच सम्पन्न भएको छ । नवनिर्वाचित सभापति प्रमोद अग्रवाललाई निवर्तमान सभापति चन्द्रशेखर अग्रवालले हस्तान्तरण गरेका छन् ।
क्लवका संस्थापक सभापति विजय झुनझुनवाला र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको उपस्थितिमा प्रमोदलाई पदहस्तान्तरण गरिएको छ । सो संस्थाको प्रेसिडेन्ट इलेक्टमा ललितकुमार बजाज, प्रथम उपाध्यक्षमा प्रदीपकुमार चौधरी, दोस्रो उपाध्यक्षमा मनोजकुमार अग्रवाल, सचिवमा आशिष ठाकुर, सहसचिवमा प्रभाष झा, कोषाध्यक्षमा निषा महासेठ तथा निर्देशकमा प्रमोदकुमार चौधरी, जिवेन्द्र झा, अमित साह, प्रदीपकुमार दत्त, सर्जेन्ट एट आमर्समा संदीप महतो रहेका छन् ।
समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर साह, क्लवका संस्थापक सभापति झुनझुनवाला, निवर्तमान सभापति चन्द्रशेखर अग्रवाल, पूर्व सभापति निर्मल कुमार चौधरी, रोटरी क्लव अफ विरगंजका अध्यक्ष निर्मल खत्री, विरगंज मेट्रोपोलिस रोटरी क्लवका अध्यक्ष अनिल जयसवाल लगायतले बोल्नु भएको थियो । वक्ताहरुले रोटरीको माध्यमले सामाजिक कार्यलाई बढाउने चर्चा गरेका थिए ।
कार्यक्रमको अध्यक्षता नवनिर्वाचित सभापति प्रमोद अग्रवालले गरेका थिए ।