Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकामा देखिएको ‘स्लथ फिभर’ नामक रोग के हो ?





एजेन्सी ।
अहिले संसारमा एकपछि अर्को रोगहरूले विनाश मच्चाइरहेको छ । एमपक्सले विश्वभर कहर मच्चाइरहेको बेला अब स्लथ फिभर नामक अर्को रोग अमेरिकामा देखिएको छ । अहिले धेरै देशहरूमा एमपक्स द्रुत रूपमा फैलिएको छ । एमपक्सका कारण कङ्गोमा ५७० भन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकाको कुरा गर्ने हो भने त्यहाँ हरेक दिन नयाँ रोग देखा परिरहेको छ । हाल अमेरिकामा कोभिडको केपी ३.१.१ को नयाँ संस्करणसँगै साल्मोनेला पनि बच्चाहरूमा फैलिरहेको छ ।
योसँगै अमेरिकामा नयाँ रोग स्लथ फिभर आइपुगेको छ । यसको पहिलो केस अमेरिकामा देखिएको छ । पछिल्लो समय यो रोग मानिसमा चिन्ताको विषय बनेको छ ।
विज्ञहरूका अनुसार स्लथ फिभर एक प्रकारको ओरोपच भाइरस हो । हालसम्म यो ज्वरो फैलनुको मुख्य कारण मिड्ज नामक कीराको टोकाई रहेको बताइएको छ । केही लामखुट्टे र कीराहरूमा यो भाइरस पहिले नै पाइसकेको विज्ञहरू बताउँछन् । उनीहरूको सम्पर्कमा आएपछि मानिसलाई यो भाइरसको सङ्क्रमण हुन्छ ।
यो भाइरस अन्तर्गत डेंगु, चिकनगुनिया आदि जस्ता धेरै रोगहरू पनि लाग्न सक्छन्। अहिलेसम्म केही मानिसहरू लाई यसबाट निको हुन समय लाग्दैन र केहीमा यो भाइरसको प्रभाव ढिलो देखिने गर्दछ।
स्लथ फिभरका लक्षण
–आँखा र टाउको दुख्ने समस्या हुन सक्छ ।
–वाकवाकीको साथमा छालामा दागहरू देखिन सक्छ ।
–चक्कर लाग्नुको अलावा शरीरमा दुखाइ पनि हुन सक्छ ।
–आँखामा प्रकाशले अप्ठ्यारो हुन सक्छ ।
–मांसपेशीमा पनि दुखाइ हुन सक्छ ।
–थकान पनि हुन सक्छ ।
बच्ने उपायहरू के के हुन् ?
–लामखुट्टेको सम्पर्कमा आउनबाट जोगिनु पर्छ ।
– भिडभाड हुने ठाउँमा जानबाट जोगिनुपर्छ ।
–लक्षणहरूलाई बेवास्ता नगर्नुहोस् ।
–संक्रमित व्यक्तिको सम्पर्कमा आउनबाट जोगिन आवश्यक छ ।