Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

भारतीय क्रिकेटर शिखर धवनले लिए क्रिकेटबाट सन्यास





एजेन्सी ।
भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जाल वेबसाइट एक्समा भिडिओ सन्देश पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् । शिखर धवनले ३४ टेस्ट र १६७ ओडीआई खेलेका छन् । उनले एकदिवसीय खेलमा ६७९३ रन बनाएका छन् भने टेस्टमा ५८ इनिङ्समा २३१५ रन बनाएका छन् ।
शिखर धवनले भनेका छन्, ‘आज म यस्तो बिन्दुमा उभिएको छु जहाँबाट फर्केर हेर्दा सम्झना मात्रै देख्छु र अगाडि हेर्दा सारा संसार देख्न सक्छु । मसँग सधैँ भारतका लागि खेल्ने एउटै गन्तव्य थियो र त्यो भयो पनि, जसका लागि म धेरै मानिसलाई धन्यवाद दिन्छु ।’
शिखर धवनले आफ्नो परिवार, बाल्यकालका प्रशिक्षक, भारतीय टोली, बीसीसीआई, डीडीसीए र फ्यानहरूलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘मेरो क्रिकेट यात्रालाई अलबिदा गर्दै यस कुराले मेरो मनमा शान्ति छ कि मैले भारतबाट खेलेको छु ।’