Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अन्ततः निमित्त सचिव यादवको प्रदेश सरकारले गर्यो सरुवा





जनकपुरधाम ।
मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवका विषयमा चलिरहेको विवाद अन्ततः साम्य भएको छ । संघबाट स्वास्थ्य मन्त्रालयको सचिवमा डा. संजय ठाकुरलाई पठाउँदा हाजिरी हुन नदिएपछि विवाद सिर्जना भएको थियो । तर मधेसको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले निमित्त सचिव डा. प्रमोद यादवलाई सरुवा गरेपछि २ महिनादेखि रहँदै आएको विवादको अन्त्य भएको छ ।
निमित्त सचिवको जिम्मेबारी पाएका डा. यादवले संघले पठाएको सचिव डा. ठाकुरलाई मन्त्रालयमा हाजिर हुन दिई रहेका थिएनन् भने प्रदेश सरकारले समेत उनलाई जिम्मेबारीविहिन बनाएर राखेको थियो । डा. ठाकुरले सर्वोच्चबाट अन्तरिम आदेश लिएर आउँदा मात्रै उनी मन्त्रालयमा हाजिर भएका थिए । प्रदेश सरकारले निमित्त सचिव यादवलाई सरुवा गरेपछि अब डा. ठाकुरले जिम्मेबारी समेत ग्रहण गर्नेछन् ।