Breaking 
बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप | कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन | रेलमा ठोक्किएर एक जनाको मृत्यु | १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान | सर्वोच्चमा ३ न्यायाधीश नियुक्त | धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, अधिकृत रामलोचन मंडलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा | निधि भर्सेज महासेठ दम्पत्ति | विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध | पूर्वराजा ज्ञानेन्द्रले भने– अहिले नेपाल र नेपालीकालागि प्रार्थना गर्ने समय हो | अमेरिकाक सभसँ बडका हतियार ‘डलर’केँ वैश्विक मुद्रा बनएकेँ इतिहास |

अन्ततः निमित्त सचिव यादवको प्रदेश सरकारले गर्यो सरुवा





जनकपुरधाम ।
मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवका विषयमा चलिरहेको विवाद अन्ततः साम्य भएको छ । संघबाट स्वास्थ्य मन्त्रालयको सचिवमा डा. संजय ठाकुरलाई पठाउँदा हाजिरी हुन नदिएपछि विवाद सिर्जना भएको थियो । तर मधेसको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले निमित्त सचिव डा. प्रमोद यादवलाई सरुवा गरेपछि २ महिनादेखि रहँदै आएको विवादको अन्त्य भएको छ ।
निमित्त सचिवको जिम्मेबारी पाएका डा. यादवले संघले पठाएको सचिव डा. ठाकुरलाई मन्त्रालयमा हाजिर हुन दिई रहेका थिएनन् भने प्रदेश सरकारले समेत उनलाई जिम्मेबारीविहिन बनाएर राखेको थियो । डा. ठाकुरले सर्वोच्चबाट अन्तरिम आदेश लिएर आउँदा मात्रै उनी मन्त्रालयमा हाजिर भएका थिए । प्रदेश सरकारले निमित्त सचिव यादवलाई सरुवा गरेपछि अब डा. ठाकुरले जिम्मेबारी समेत ग्रहण गर्नेछन् ।