Breaking 
| दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

सिके राउतद्वारा लिखित ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण लोकार्पण





काठमाडौं ।
डा.सिके राउतको ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण लोकार्पण भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रममाबीच लोकार्पण गरिएको हो ।
अमेरिकाबाट नेपाल फर्किएको किन भन्ने प्रश्नको जवाफ दिन अंग्रेजीमा पहिले नै प्रकाशित यो पुस्तक अनुवाद गरेर नेपालीमा प्रकाशित गरेको डा. राउतले बताए । लोकार्पण कार्यक्रममा उनले आफूले विगतमा पुस्तक प्रकाशित गर्न समेत अफ्ट्यारो महसुस गरेको पृष्ठभूमि रहेको बताए । ‘इतिहासको कालखण्डको एउटा तस्बिर हो, दस्तावेज हो’, डा. राउतले भने ।
यो पुस्तक सिके राउतको आत्मकथा हो । काठमाडौँमा मधेसीप्रति हुने भेदभाव विगतमा कस्तो थियो भन्ने पुस्तकमा रहेको उनले बताए । पढाइ सकाएर अध्यापनमा रहँदा समेत हेपिएको, उत्कृष्ट अंक ल्याएर राजाबाट महेन्द्र विद्याभूषण पाउँदा दौरासुरुवाल नलगाई जान खोज्दा नपाएको जस्ता घटनाले तत्कालीन समयमा रहेको मधेसीलाई हेर्ने प्रवृत्ति देखाउने उनले सुनाए ।
वीर गोर्खाली भनेर अनेकन कविता लेख्ने आफू समयक्रममा मधेसको पहिचान खोज्न पुगेको उनले सुनाए । विश्व ग्लोबल भिलेज भए पनि पहिचानको आवश्यकता नमेटिने उनले बताए । आफू अध्यात्म र राजनीतिको सम्बन्धको खोजीमा समेत रहेको डा.राउतले बताएका छन् । समाज उन्नतिको लागि तत्कालमा राजनीति गर्ने र दीर्घकालीन बोध अध्यात्म रहेको उनले सुनाए ।