Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

मधेश प्रदेशमा कुपोषण र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि साझा प्रतिवद्धता





जनकपुरधाम ।

कुपोषण र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि मधेश प्रदेश सरकार, संसद, गैरसरकारी संस्था र संचार माध्यमले साझा प्रतिवद्धता व्यक्त गरेका छन् । सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले वल्र्ड भिजन ईन्टरनेशनल नेपालसँगको सहकार्यमा गरेको कुपोषण र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि छलफल कार्यक्रममा मधेश प्रदेशका मन्त्री, संसदिय समितिका सभापति, सांसदहरु, मधेश प्रदेश नीति आयोगका पदाधिकारी, गैरसरकारी संस्थाका प्रतिनिधी, धार्मिक अगुवा र सञ्चार माध्यमका प्रतिनिधिले साझा प्रतिवद्धता व्यक्त गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
जनकपुरधाममा आज भएको कार्यक्रममा मधेश प्रदेश सरकारका तर्फबाट शिक्षा तथा संस्कृती मन्त्री रानी शर्मा तिवारीले बाल पोषण, सुत्केरी र नवजात शिशुको पोषणका बिषयमा समाजमा रहेका गलत मान्यता हटाउन सञ्चार माध्यमलाई साथ लिएर शिक्षामुलक कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश मामिला समितिका सभापति रत्नेश्वर गोईतले सबैको साझा प्रयासबाट मात्रै अन्य प्रदेशको भन्दा कमजोर रहेको पोषणको अवस्थामा सुधार गर्न सकिने भन्दै आफुहरुले आवस्यक कानुनहरु निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य प्रसासक लिलारम्ब अधिकारीले मधेशको पोषणको अवस्था र त्यसमा सुधारका लागि सञ्चार माध्यम तथा सरोकारवालाले खेल्नु पर्ने भूमिकाको बारेमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा महिला बालवालिका तथा सामाजिक न्याय समितिका सभापति रुपाकुमारी यादव, पूर्व राज्यमन्त्री सञ्जय यादव, मधेश स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमूख विनोद यादव, बिभिन्न धर्मका धर्मगुरुहरुले आफ्नो तर्फबाट पोषण सुधारका लागि गरिएको इनफ अभियानमा एकजुट हुने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा अकोराबका महासचिव किशोरजंग थापाले सामुदायिक रेडियोहरु पोषणको सुधारका लागि जनचेतना फैलाउन सधै खटिरहने बताउनुभयो । सीआईएनका व्यवस्थापक दीपक आचार्यले सञ्चार माध्यमका लागि न्युट्रेसन गाईडलाईन निर्माण गरेर पोषणको बारेमा सही सूचनाहरु प्रवाह गर्ने काममा सीआईएन लागि रहने बताउनुभयो । जंक फुड प्रयोग नगर्न सीआईएनले चेतना फैलाउने काम गरिरहेको बताउदै आचार्यले खानपानको बानि व्यवहार सुधार गर्न सबैलाई आग्रह गर्नुभयो ।