Breaking 
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ |

राष्ट्रिय मुक्ति क्रान्तिका नेता अनिल महासेठको प्रश्न – मुख्यमन्त्री सिंह परिवर्तन भयो भने कमला पुल सम्बन्धि सम्झौताको जिम्मा कसले लिने ?





जनकपुरधाम ।

कमलापुलको निर्माण सम्बन्धमा आमरण अनसनमा बसेका आन्दोलनकारीहरुसँग मुख्यमन्त्री सतिश सिंहले आज सम्झौता गरेका छन् । सम्झौताको विषयलाई लिएर विभिन्न नेताहरुको प्रतिक्रिया आउन थालेको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता अनिल महासेठले मुख्यमन्त्री सिंह परिवर्तन भयो भने कमला पुल सम्बन्धि सम्झौताको जिम्मा कसले लिने ? भने प्रश्न गर्नुभएको छ ।
उहाँले समाजिक सञ्जालमा एउटा स्टेटस लेख्दै भन्नुभएको छ – सिरहा र धनुषा बिच को नयाँ कमला पुल निर्माणको लागि दबाब स्वरुप आमरण अनसन बस्नु हुने आन्दोलनकारी साथीहरु र मधेस प्रदेश सरकार बिच आज भएको सम्झौता स्वागत योग्य कुरा हो ! तर के मधेस प्रदेश सरकार को तर्फबाट हस्ताक्षर मुख्यमन्त्री ले गर्नु पर्ने थियो कि मुख्यसचिव ले वा अन्य कुनै सिनियर कर्मचारी ले ? अलि बुझ्न सकिएन ?
अनुमान गरौ केही दिन वा महिना मा यदि मुख्य मन्त्री परिवर्तन भयो भने ? आज को सम्झौता को जिम्मा कसले लिन्छ ? मेरो मनमा लागेको कुरा मात्र भनेको उहाँले अगाडी लेख्नु भएको छ ।
राजनीतिक कुरा भएको भए राजनीतिक नेतृत्व र विकाशको कुरोमा सरकारको कर्मचारीले सम्झौतामा हस्ताक्षर गर्नु पथ्र्यो जस्तो लाग्छ मलाई ! लोक रिझाइको लागि हो भने, मेरो भन्नु केही छैन सो स्टेटसमा लेखिएको छ ।