Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

गृहमन्त्री लेखकले गरे जिप्रका धनुषाको निर्माण हुन लागेको भवनको शिलान्यास





जनकपुरधाम ।
गृहमन्त्री रमेश लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको निर्माण हुन लागेको भवन शिलान्यास गरेका छन् । सेवाग्राहीलाई सेवा प्रवाहमा पुरानो भवनबाट समस्या हुँदै आईरहेकाले नयाँ प्रशासनिक भवनको निर्माण गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाको निर्माण हुन लागेको सोही भवनको शुक्रबार गृहमन्त्री लेखकले एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।
अहिलेको प्रशासनिक भवन पुरानो तथा जिर्ण हुन थालेपछि नयाँ प्रशासनिक भवन निर्माणका लागि गृह मन्त्रालयले ७ करोड ८७ लाख ९४ हजार ५ सय ६६ रुपैयाँमा बजेट विनियोजन गरेको थियो । सो भवन निर्माणका लागि सावित्री निर्माण सेवाले ५ करोड ४७ लाख २९ हजार ४४७मा ठेक्का सम्झौता गरेको छ ।
१६ हजार १६३ वर्गफिटको उक्त तीनतल्ले भवन २०८३ असार २८ गतेभित्र निर्माण गरिसक्नुपर्ने सम्झौता भएको छ । संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयको रेखदेखमा बन्ने भवनको मोडेल आरसीसी फ्रेमको हुने जनाइएको छ ।