Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सहसचिव सरुवाको निर्णय सच्याउन सरकारलाई दबाब





जनकपुरधाम ।
३१ असारमा सरकारले गरेको सरुवा निर्णय सच्याउन दबाब बढाएका छन् । सरकारले एकैपटक ५९ सहसचिवहरुको सरुवा गरेको थियो ।
सरुवाको सूचीमा रहेका केही सहसचिवले आफूलाई सरुवा गरिएको स्थानमा जान नसकिने भन्दै सच्याउन दबाब बढाएका हुन् । कतिपयले रमाना लिइसके पनि कतिपयले रमाना लिन आलटाल गरेका छन् । उनीहरुले रमाना नलिँदा ती निकायमा नयाँ खटाइएका र खटाउन लागिएकाहरु रोकिएका छन् ।
महत्वपूर्ण मन्त्रालय र विभागमा कार्यरत केही सहसचिवहरुले विभिन्न राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गरेर मुख्यसचिवमाथि निर्णय पुनरावलोकन गर्न दबाब दिएका हुन् । विशेषगरी प्रदेशमा सरुवा भएका केही सहसचिवहरुले आफूलाई प्रदेशमा पठाउने निर्णय न्यायपूर्ण नभएको भन्दै मुख्यसचिवसँग गुनासो गरेको स्रोतले बतायो ।
कतिपयले आफू वरिष्ठतम् भित्रको सहसचिव हुँदा पनि प्रदेश सचिवका रुपमा खटाइएको भन्दै गुनासो गरेका छन् भने कतिपयले राजनीतिक प्रतिशोधका आधारमा निर्णय गरेको भन्दै दबाब बढाएका हुन् ।
‘तर मुख्यसचिवले दबाब आए पनि अहिले कुनै पनि सहसचिवको सरुवाको निर्णयलाई नउल्ट्याउने अडान राख्नु भएको छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘प्रदेश जानै हुँदैन भन्ने मानसिकतालाई प्रश्रय दिने गरी भइसकेको निर्णय उल्ट्याउनु सही पनि हुन्न ।’
सहसचिवहरु प्रदेशमा प्रदेश सचिवका रुपमा खटिने गरेका छन् । तर, कतिपय सहसचिवहरु सिंहदरबारभित्र मात्रै बस्न चाहने प्रवृत्तिले प्रदेशमा सहसचिवहरु नटिक्ने समस्या छ । ‘कहिले कसैलाई चित्त नबुझेको भए अर्को सरुवाको निर्णयमा व्यवस्थापन गर्न सकिन्छ,’ स्रोतले भन्यो, ‘यो पालामा सहसचिव सरुवाको सूची हेरफेरको सम्भावना कम छ ।’
मुख्यसचिव लिलादेवी गड्तौलाले यसपटक सहसचिवहरुको सरुवा गर्ने मन्त्रिपरिषदको निर्णयलाई अलमल नगरी प्रमाणीकरण गरेकी थिइन् । यसअघि मुख्यसचिवहरुले सहसचिव सरुवाको निर्णयपछि मन्त्री, सचिव र सरुवा हुने सहसचिवहरुको समेत चित्त बुझाएर मात्रै निर्णय प्रमाणीकरण गर्ने गरेका थिए ।