काठमाडौँ ।
तनहुँको आँबुखैरहनीमा बस दुर्घटना भएको छ । ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेको नेपाल प्रहरीले जनाएको हो । पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको छ । बस नदी किनारमा कच्याककुचुक भएको देखिन्छ । घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ११ जना बेपत्ता भएका छन् । बस सडकमा मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ । १४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए ।