Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस सरकारसंग ४ बुँदे सम्झौता गर्दै युवाहरुले तोडे अनशन





जनकपुरधाम ।
नयाँ कमला पुलको निर्माणको माग गर्दै आमरण अनशनमा बसेका युवाहरुको अनशन मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जुस खुवाएर तोडाएका छन् ।
अनशनमा बसेका युवाहरुसंग मधेस सरकारले ४ बुँदे सम्झौता गरेपछि अनशनकारी युवाहरु अनशन तोड्न तयार भएका थिए । सम्झौतापछि मुख्यमन्त्री सिंहले अनशनमा बसेका युवाहरुलाई जुस खुवाउँदै अनशन तोडाएका हुन् ।
मधेस सरकार नयाँ कमला पुल निर्माण गर्न प्रदेश सरकारर तयार रहेको भन्दै अनशनमा बसेका युवाहरुसंग सम्झौता गरेको हो । यसका साथै नयाँ कमला पुलका लागि आवश्यक बजेट आ.व.२०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पुर्ण बजेट मधेश प्रदेश सरकारकै श्रोतबाट ब्यहोर्ने, २०८१ मंसिर १ गते भित्र पुल निर्माणकालागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पुर्ण कार्यक्रम स्थगित गर्ने सम्झौता गरिएको हो ।
नयाँ कमला पुल निर्माणको माग गर्दै युवाहरु भदौ ४ गते युवाहरु आमरण अनशनमा बसेका थिए ।