Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

बैंकक नजिक विमान दुर्घटनाग्रस्त, ९ जनाको मृत्यु





एजेन्सी ।
थाइल्यान्डको राजधानी बैंकक नजिक बिहीबार एउटा विमान दुर्घटनामा परेको छ । विमानभित्र दुई जना थाई पाइलटको साथमा पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार थिए । विमानमा सवार सबैजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
विमान बैंकको मुख्य विमानस्थलबाट स्थानीय समयअनुसार दिउँसो २ः४६ बजे उडेको थियो । विमान थाइल्यान्डको पूर्वमा रहेको ट्राट विमानस्थल जाँदै थियो । उडेको १० मिनेटमै विमानको सम्पर्क टुटेको थियो ।
विमान चाचोएंगसाओको बाङ्ग पाकोङ जिल्लामा रहेको माङग्रोभ जङ्गलमा दुर्घटना भएको थियो । विमान खस्दा नजिकैको घरहरूमा समेत क्षति पुगेको बताइएको छ । दुर्घटना भएको स्थान नजिकैको नदीमा बाढी आएकोले खोजी कार्यमा अवरोध आएको थियो । अहिलेसम्म दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन ।
यस दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । विमानका करिब ७० टुक्रा भेटिएको छ । विमानमा ब्ल्याक बक्स थिएन । विमानले हवाई ट्राफिक नियन्त्रणसँग सिधै सम्पर्क गर्थ्यो ।
सन् २०२० मा संघर्ष रोक्नका लागि यो आयोग गठन गरिएको थियो । आयोगले सिएरा लियोनका सबै १६ जिल्लामा शान्ति सन्जाल गठन गरिएको थियो । उनले भनिन्, ‘विविध पृष्ठभूमिमा स्थानीयलाई यसमा सामेल गरेर आयोगले शान्ति स्थापनाको प्रयास थालिएको थियो ।’