Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आमरण अनशनको समर्थनमा सिरहामा नागरिक समाजद्वारा आन्दोलनको कार्यक्रम घोषणा





जनकपुरधाम ।
हुलाकी राजमार्गमा सिरहा र धनुषा जोड्ने कमला पुल निर्माणको माग गर्दै जनकपुरधाममा युवाहरुले गरिरहेको आमरण अनसनप्रति सिरहाका नागरिक समाजले समर्थन जनाउँदै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सिरहा नागरिक समाजले आमरण अनसनमै बसेर उठाइएको मुद्दाको छिटो सुनुवाई होस् भन्दै बिहीबारदेखि सिरहा बजार बन्दको घोषणा गरेको छ । बजार क्षेत्रमा मोटरसाइकल जुलुस निकालेर बजार बन्द गराउँदै आन्दोलनलाई प्रभावकारी बनाउन उनीहरुले जनसमर्थनका लागि अपिल गरेका हुन् ।
नागरिक समाजले शुक्रबारदेखि अनिश्चितकालिन बजार बन्दगरी चक्काजाम गर्ने र सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्दको लागि पनि अपिल गरेको छ ।