काठमाडौं ।
नेपाल समूह विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हरायो। नेपालको जितमा निराजन धामी र समिर तामाङले गोल गरेका थिए ।
उनीहरुले २ मिनेटमा अन्तरमा गोल गरेपछि खेलको सुरुवातमै नेपाल २–० गोलले अगाडि बढेको थियो । बंगलादेशले गोल फर्काएपनि पुनरागमन गर्न सकेन। नेपालले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो।