जनकपुरधाम
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ तेतरिया गाउँमा स्थापित श्री आधारभूत विद्यालयमा अध्ययनरत वालवालिकाहरुको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा संयोजक डा. निरन्जनकुमार गोइत, डा. रामज्ञान यादव, डा. निमु यादव, डा. लक्ष्मीनारायण गोईत, डा. बैधनाथ यादव, डा. बुधराम यादव, डा. कृष्णपाल महतो सहितका चिकित्सकहरुले वालवालिकाहरुलाई स्वास्थ्य परिक्षण गरेका थिए ।
काठमाडौ युनिभर्सिटी स्कुल अफ मैनेजमेन्ट कालेजका छात्राहरु र हेल्दी स्कुल कार्यक्रमका युवा चिकित्सकहरुको संयुक्त संयोजनमा भएको हेल्दी स्कुल कार्यक्रममा विधालयका प्राधानाध्यापक राम सुन्दर कामति सहित स्थानीय अभिभावक र शिक्षकहरुको सहभागिता रहेको थियो
।