Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोदीसंगको भेटबारे आरजुले भनिन्ः नेपाललाई एकदमै माया गर्नु हुन्छ





काठमाडौँ ।
परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपाल र भारतका द्वीपक्षीय संयन्त्रहरुमार्फत सम्वाद सुरु हुने विश्वास व्यक्त गरेकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरु कुरा गर्दै परराष्ट्रमन्त्री देउवाले आफ्नो भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भएको भेटमा बाढी, एयर रुट पञ्चेश्वर लगायतका मुद्दामा कुराकानी भएको उनले जानकारी दिइन् ।
मोदीसँग भएको भेटबारे उनले भनिन्, ‘ध्यान दिएर सुन्नुभयो । नेपाललाई एकदमै माया गर्नु हुदोरहेछ । यो कुराहरुमा अगाडि बढ्न आफ्नो देशको संयन्त्रलाई हाम्रै अगाडि अह्राउनुभयो ।’
भारतले नेपालप्रति एकदमै सदासयता देखाएको भन्दै उनले भनिन्, ‘जतिपनि संयन्त्रहरु छन्, त्यो सबै सुचारु रुपमा सञ्चालन हुन्छ भन्ने आशा गर्छु ।’