Breaking 
जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी | सप्तरीको हनुमाननगर कङ्कालिनीमा दूईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, १ घाइते | १६१ देशसंग व्यापार गर्ने नेपालको १२४ देशसंग व्यापार घाटा | इरानमाथि अमेरिकी आक्रमणको कतार, ओमान र इराकद्वारा निन्दा | संसदमा लफड़ा चलि रहँदा रास्वपाका सांसदहरु विदेश भ्रमणमा | मुक्तिक ८ द्वार– अष्टांग योग | सांसद अमरेश सिंहले नेपाललाई अर्को देशलाई लिजमा दिन भनेपछि लफड़ा | रास्वपाको ६ बुँदे निर्णय सार्वजनिक | सुनको मूल्यमा सामान्य बृद्धि | पाकिस्तानद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारकालागि सिफारिश गर्ने घोषणा |

मोदीसंगको भेटबारे आरजुले भनिन्ः नेपाललाई एकदमै माया गर्नु हुन्छ





काठमाडौँ ।
परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपाल र भारतका द्वीपक्षीय संयन्त्रहरुमार्फत सम्वाद सुरु हुने विश्वास व्यक्त गरेकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरु कुरा गर्दै परराष्ट्रमन्त्री देउवाले आफ्नो भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भएको भेटमा बाढी, एयर रुट पञ्चेश्वर लगायतका मुद्दामा कुराकानी भएको उनले जानकारी दिइन् ।
मोदीसँग भएको भेटबारे उनले भनिन्, ‘ध्यान दिएर सुन्नुभयो । नेपाललाई एकदमै माया गर्नु हुदोरहेछ । यो कुराहरुमा अगाडि बढ्न आफ्नो देशको संयन्त्रलाई हाम्रै अगाडि अह्राउनुभयो ।’
भारतले नेपालप्रति एकदमै सदासयता देखाएको भन्दै उनले भनिन्, ‘जतिपनि संयन्त्रहरु छन्, त्यो सबै सुचारु रुपमा सञ्चालन हुन्छ भन्ने आशा गर्छु ।’