Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रधानमन्त्री ओली असोजमा न्युयोर्क जाने, ‘समिट अफ द फ्युचर’ मा सम्बोधन





काठमाडौँ ।
थाइल्याण्डमा विकसित राजनीतिक घटनाक्रमका कारण ब्याङ्कक (थाइल्याण्ड) भ्रमण अनिश्चित बनिरहेका बेला राष्ट्रसंघीय महासभाका लागि प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क (अमेरिका) जाने भने पक्कापक्की भएको छ ।
महासभाकै क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले यस वर्ष आयोजना गर्न लागेको ‘समिट अफ द फ्युचर’ मा सम्बोधन गर्ने टुङ्गो समेत लागेको छ । ‘समिट अफ द फ्युचर’ ६–७ असोज (२२–२३ सेप्टेम्बर) मा हुनेछ । समिटमा विभिन्न मुलुकमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू सहभागी हुनेछन् ।
सो समिटमा ‘प्याक्ट फर द फ्युचर’, ‘डिक्लेरेसन अन फ्युचर जेनेरेशन’ गरी दुई महत्त्वपूर्ण दस्तावेज जारी हुनेछन् । यसमध्ये ‘प्याक्ट फर द फ्युचर’ अन्तर्गत पनि ८० बुँदे र ६३ बुँदे दुई दस्तावेज पेस गरिनेछन् । ‘डिक्लेरेसन अन फ्युचर जेनेरेशन’ अन्तर्गत करिब ४० बुँदे दस्तावेज पेस हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डल १९ सदस्यीय हुनेछ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख अमृतबहादुर राई, न्यूयोर्कस्थित नेपालको संयुक्त राष्ट्रसंघीय नियोगका प्रमुख लोकबहादुर थापा लगायत तय भएका छन् ।
‘समिट अफ द फ्युचर’ को समापन लगत्तै ८–१० असोज (२३–२६ सेप्टेम्बर) मा विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले सम्बोधन गर्नेछन् । महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री ओलीले १० असोजमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
न्यूयोर्क भ्रमणका लागि प्रधानमन्त्री ओली ४ असोजमा काठमाडौँबाट प्रस्थान गर्नेछन् र १० असोजमा महासभामा सम्बोधन लगत्तै नेपाल फर्कनेछन् ।