Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संविधान संशोधनमा आँट देखाउने वा हेर्ने विषय होइन





काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन आँट देखाउने र हेर्ने विषय नभएको बताएका छन् ।
प्रतिनिधिसभामा बिहीबार भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले ८ वर्षको कार्यान्वयनको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका हुन् ।
‘यसमा आँट र नआँट भन्ने प्रश्नै उठ्दैन’, उनले भने, आँट देखाउने भएर उल्किन जरुरी छैन, जे आवश्यक छ, त्यो आँट नगर्ने भन्ने पनि हुँदैन ।’
संविधान संशोधन साझा सवाल भएको प्रधानमन्त्री ओलीले बताए । ‘कसैले आँट गर्ने, कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्ने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘आँट गर्न परे सबैले गरौंला, आँट गर्न नपरे सबैले नगरौंला ।’