Breaking 
विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक | मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने |

अनशनमा बसेका युवाहरुको समर्थनमा सिरहामा प्रदर्शन





जनकपुरधाम ।
जनकपुरधाममा नयाँ कमला पुलको निर्माणको माग गर्दै जारी आमरण अनशनको समर्थनमा सिरहामा प्रदर्शन गरिएको छ । स्थानीय युवाहरू सिरहा सदरमुकाममा अनशनमा बसेका युवाहरुको समर्थनमा प्रदर्शन गरेका हुन् ।
बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतीशकुमार सिंहको पुतला दहन गरेका स्थानीय प्रदर्शनकारीले बिहिबार विरोध प्रर्दशन गर्दै नाराबाजी समेत गरेका छन् । उनीहरूले यसलाई कमला पुलका लागि वारपारको संघर्ष भनेका छन् । ’यो पुलका लागि विगतमा दर्जनौं आन्दोलन भए,’ स्थानीय सुनिल यादवले भने, ’तर, राज्यको रबैयाले हामी यसपटक वारपारको लडाइँमा छौं ।’
पुल निर्माणको सुनिश्चितता नभएसम्म यसपालिको आन्दोलन नरोकिने सिरहाका स्थानीयको अठोट छ । कमला नदीमा निर्माण भएको पुल गलत डिजाइन र कमसल कामका कारण सञ्चालनमा नआउँदै भासिएको भन्दै नयाँ पुल बनाउनुपर्ने उनीहरूको माग छ ।