Breaking 
डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु | लखनउमाथि दिल्लीको रबाफ | आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु |

आमरण अनशनमा बसेका युवाहरुको स्वास्थ्य बिग्रिदै





जनकपुरधाम ।
धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै आमरण अननशन बसेको आज तेस्रो दिन पनि जारी छ । अनशनको तेस्रो दिन युवाहरुको स्वास्थ्य अवस्था बिग्रिदै गईरहेको छ ।
अनशनमा बसेका युवाहरुको स्वास्थ्य स्थितिको चेकजाँचका लागि पुगेका चिकित्सक विपिन कुमार यादवले अनशनकारी युवाको स्वास्थ्य स्थिति कमजोर हुँदै गईरहेको बताए । उनका अनुसार खाना नखाएकाले उनीहरुका ग्लुकोज तथा पानीको मात्राको अभाव भएको छ । उनले भने ‘युवाहरुको इनर्जी लेवल डाउन भएको छ, शरिरलाई चाहिने तत्व स्लाइन पानीको माध्यमले दिएका छौँ ।’
यता आन्दोलनको नेतृत्व गरिरहेका प्रविण यादवले मुख्यमन्त्री सतिशकुमार सिंहले युवाहरुको अनशनलाई स्टन्टको संज्ञा दिएको प्रति दुःख व्यक्त गरेका छन् । उनले भने ‘हामी आफ्नो समस्या लिएर अनशनमा बसेका छौँ, मुख्यमन्त्रीजीलाई स्टन्ट लागिरहेको छ भने हामीलाई केही भन्नु छैन ।’
आमरण अनशनमा बसेको ३ दिन भैसक्दा समेत प्रदेश सरकारबाट हालखबर बुझ्नसम्म कोही नआएको दुखेसो प्रविणले पोखे । उनले अनशन बसेको पहिलो दिन भौतिक मन्त्री सरोज यादव भेट्न आएपनि हाम्रो माग सम्बोधन गर्ने प्रयास नगरेको आरोप लगाए ।
१३ वर्षदेखि निर्माणाधीन कमला नदीको पुल सन्चालनको तयारीमा हुँदा अत्यधिक बाढीले १७ असार २०७८ मा भासिएको थियो । २०६८ मंसिरमा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको थियो । तर पटक पटक म्याद थप्दा १० वर्षसम्म पनि निर्माण सम्पन्न भएन ।
२०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो ।
२०७८ असार १३ भित्र सक्ने गरी काम भइरहेको बेला पुल नै भासिएको थियो । पुल नबन्दा दक्षिणी क्षेत्रका लाखौं नागरिकले सास्ती खेप्नु परेको छ । सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत भइरहेको छ ।