Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जन गर्ने कांग्रेस सभापति देउवाको तयारी





काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदन उपर पदाधिकारीहरूसँग छलफलको तयारी गरेका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले साउन अन्तिम साता बसेको केन्द्रीय समिति बैठकमा आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । तर महामन्त्रीद्वयको उक्त प्रतिवेदनमा विवाद भएपछि साउन २३ देखि २८ गतेसम्म बसेर केन्द्रीय समिति बैठक स्थगन भएको थियो । महामन्त्री थापाले चुनावी गठबन्धन गर्न नहुने भन्दै ‘कांग्रेसलाई रूखमा भोट हाल्न पाउनुपर्ने’ भन्दै प्रतिवेदन पेस गरेका थिए । यस्तै महामन्त्री विश्वप्रकाश शर्माले ’एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने’ प्रस्ताव सहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा राखेका छन् ।
२०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकले राय सहितको प्रतिवेदन पास गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । सोही कारण साउन २३ देखि २८ सम्म बसेको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्ताव प्रस्तुत भएको हो ।
तर‚ महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन गर्नुपर्ने अडानमा सभापति देउवा सहित संस्थापन पक्ष छ । चुनावी गठबन्धन रणनीतिक भएको र एक्जिट पोलिसि विधानमा समावेश गर्न नहुने जिकिर संस्थापन पक्षको छ । सोही विवादका कारण केन्द्रीय समितिले निर्णय गर्न नसकी बैठक भदौ ७ गते सम्मलाई स्थगन भएको हो ।
प्रतिवेदनमा परिमार्जन गराउने उद्देश्यसहित देउवाले पदाधिकारीमा छलफल गर्न लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । ‘समय टुङ्गो लागेको छैन ।